पान्थरमा आज स्वरोजगार सम्बन्धी एक दिवसीय उत्प्रेरणा कार्यक्रमको आयोजाना हुँदै

चुम्लुङहिम फेदेन, पान्थरमा आज किरात याक्थुङ चुम्लुङ जापानको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति पान्थरको व्यवस्थापनमा स्वरोजगार सम्बन्धी एक दिवसीय उत्प्रेरणा कार्यक्रमको आयोजना हुने भएको छ ।

प्राप्त जानकारी अनुसार नेपाल सरकारको अधिकृत स्तरका प्रशिक्षकहरुको प्रशिक्षणमा चुम्लुङ सङ्घीय, प्रदेश, जिल्ला, स्थानीय प्रतिनिधि, जनप्रतिनिधि साथै याक्थुङ समुदायसंग सम्बन्धित सङ्घ-संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा ‘लोकसेवा आयोग तथा स्वदेशमै स्वरोजगार सम्बन्धी एक दिवसीय उत्प्रेरणा कार्यक्रम’ को आयोजाना हुने भएको हो ।

बिहान ११ बजे समुद्घाटन भइ साँझ ५ बजे समापन हुने सो कार्यक्रममा हरिचन्द्र लावती, उमेश नेम्बाङ, सुमन योङ्खा र सूर्य योङ्हाङले सहजकर्ताको भूमिका निर्वाह गर्ने छन् ।  कार्यक्रममा सहभागी हुन इच्छुक महानुभावहरुमा उपस्थितिको लागि आयोजकले अनुरोध सहित आब्हान गरेका छन् ।