-सानु श्रेष्ठ
कौशलटार, तेर्साटारमा लुनाज कलेक्सन तथा नेल स्टेसनको भव्य उद्घाटन गरिएको छ । बडादसैं तथा विश्वकर्मा पूजाको अवसर पारेर सम्पन्न उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा फेशन आइकन, कोरियोग्राफर तथा कलाकार हटिनटी अनु श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र रञ्जितकार, वडा नं. ३ का अध्यक्ष कृष्णहरि श्रेष्ठ, सामाजिक अभियन्ता सहिम शाह, गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ, सिनियर कस्मेटोलोजिस्ट तथा जीएम ब्युटी सैलुनकी सञ्चालिका मन्दिरा खड्का लगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
लुनाज कलेक्सनमा नयाँ तथा थ्रिफ्ट लुगासँगै ज्वेलरी, एसेसोरिज र जुत्तासहितका फरक–फरक कलेक्सन उपलब्ध छन् । साथै, यी सामग्रीहरू भाडामा समेत लिन सकिने सुविधा रहेको जानकारी प्रबन्धक निर्देशक स्नेहा श्रेष्ठले दिइन् । “फेशन युगमा महिला वा पुरुष जसले पनि आफूलाई मनपर्ने स्टाइल सहज, सुलभ र सुपथ मूल्यमा छान्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । यही उद्देश्यअनुसार लुनाजले सम्पूर्ण फेसन कलेक्सन एकै छानामुनि उपलब्ध गराएको छ,” उनले भनिन् ।
यससँगै सञ्चालनमा आएको नेल स्टेसनमार्फत नेलसम्बन्धी सम्पूर्ण सेवा लिन सकिनेछ । साथै, इच्छुकका लागि बेसिकदेखि एड्भान्स स्तरसम्मका नेल कोर्ष सिक्ने अवसर पनि उपलब्ध गराइएको छ । लुनाज कलेक्सनको शुभारम्भसँगै मध्यपुर थिमी क्षेत्रमा फेशन र ब्युटी सेवामा नयाँ आयाम थपिएको बताइएको छ ।
