सामरी इन्टरनेशनलको आयोजनामा ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को पहिलो अडिसन गत शनिबार मण्डला ब्याङ्क्वेट, तीनकुनेमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा २६ जना सिर्जनशील, साहसी तथा आत्मविश्वासी प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्दै सबैलाई प्रेरित गरेका थिए।
रक्षाबन्धनको विशेष दिनमा आफ्ना व्यक्तिगत जिम्मेवारीहरू सकेर आफ्नो सपना, आफ्नो नाम र आफ्नो पहिचानका लागि अडिसनमा उपस्थित भएका सबै महिला प्रतिभाहरूप्रति सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले गहिरो सम्मान व्यक्त गर्दै ‘घर परिवारमा मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई हामी मनदेखि सम्मान गर्दछौं’ भनेका थिए।
यस पहिलो चरणको अडिसनमा लोकप्रिय गायिका सुनिता दुलाल, प्राइम टेलिभिजनकी निर्देशक तथा अभिनेत्री अलिजा गौतम, चर्चित र्यापर निर्णय NSK, वरिष्ठ पत्रकार हरि गोपाल प्रधान, मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष ज्ञानेन्द्र लामा, पूर्व अध्यक्ष तथा HLC सदस्य र NRNA ICC विनोद कुँवर रहेका थिए भने आयोजक टोलीका दिल माया मगर (प्रमुख कार्यकारी, MKM फेसन हाउस), महेन्द्र शाही (प्रबन्ध निर्देशक), सुस्मिता तिमल्सिना र अनिशा (कार्यक्रम संयोजक), कार्यक्रम सञ्चालक महेन्द्र शाही, मिडिया तथा प्राविधिक सहयोगी डीजे स्कल, सरोज श्रेष्ठ, बम बहादुर पुन, अकेन्द्र चालाउने, विष्णु श्रेष्ठ, लाइफ ओके, सृष्टि शाही र सैनेश शाहीका साथै सहयोगीहरु सिड वाग्ले, दिलिप मगर, अमित खनाल, करुणा भुजेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको फाइनल अडिसन आगामी श्रावण ३१ गते बिहान १० बजे मण्डला ब्याङ्क्वेट तीनकुनेमा हुने कुरा थाहा भएको छ । अडिसनमा सहभागिताका लागि डाक्टर, सामाजिक कार्यकर्ता, गृहिणी लगायतको उपस्थिति रहेको कुरा एमकेएम फेशन हाउसकी प्रमुख कार्यकारी दिलमाया मगरले जानकारी गराएकी छिन् । ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ महिलाहरुले आफ्नो अन्तर्निहित शक्ति र प्रतिभा प्रदर्शन गर्ने र सपनाहरुको लक्ष्यमा अगाडि बढ्ने अवसर भएको कुरा आयोजकले बताएका छन् ।
