पश्चात्तापमा जल्दै गायक सञ्जीव कुमार

सञ्जीव कुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको मार्मिक गीत ‘न दिन सकें खुशी तिमीलाई’ को भिडिओ सार्वजनिक भएको छ । देवेन्द्र नेवाको म्युजिक एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ एवं माष्टरिङ र राजाबाबु थारुको रेकर्डिष्ट रहेको यस गीतको भिडिओ भर्खरै सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन रहेको यस गीतको भिडिओमा वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टलाई फिचरिङ गरिएको छ भने प्रकाश खड्का र टिमको छायाङ्कन रहेको छ । भिडिओमा मिलन विश्वकर्माको कलर सम्पादन र लक्ष्मण चौहानको सम्पादन छ ।

आफूले माया गरेको मान्छेलाई खुशी दिन नसकेको र आफू पनि खुशी हुन नसकेको भाव गीतमा व्यक्त गरिएको छ । उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडिओ पनि त्यत्तिकै राम्रो बनेको छ । भिडिओ गायक पौडेलकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

साङ्गीतिक इतिहासमा आफ्नो नाम लेख्ने सपना बोकी, सङ्गीतलाई पूजा मानी, त्यसको सेवा हेतु नवलपरासी जिल्लाबाट काठमाडौं आएका सञ्जीव कुमार पौडेलले आफ्नो पहिलो एल्बम ‘अठोट’ देखि यात्रा सुरु गरेर अस्तित्व, अतृप्त जस्ता एल्बम निकालेका छन् भने उनका धेरै गीत फुटकर रुपमा आएका छन् l