केही दिनअघि थाइल्याण्डको बैंककमा सम्पन्न भएको पाँचौं हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८१ मा विविध कारणवस जान नपाएका स्रष्टा कलाकारहरुलाई काठमाडौंमा आयोजित एक विशेष समारोहबीच अवार्ड र सम्मान अर्पण गरिएको छ । पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालको प्रमुख आतिथ्यता र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा वरिष्ठ लोक सर्जक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो। समारोहमा महाकाव्यकार खेमनाथ दाहाल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ गीतकार अमर वान्तु, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ कलाकार लय सङ्ग्रौला, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यसी थापा, वरिष्ठ गायक सीताराम पोख्रेल लगायतको उपस्थिति रहेको थियो भने सञ्चारकर्मी एवं चलचित्र निर्देशक माधव खरेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।
‘भाषा, साहित्य, कला, संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ विगत पाँच वर्षदेखि वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण केही दिन अघि भव्य एवं ऐतिहासिक रूपमा थाइल्याण्डको बैंकक स्थित प्रिन्सटन होटलको पाँचौं तल्लामा सम्पन्न भएको थियो। अवार्ड कार्यक्रम पहिलोपटक अन्तर्राष्ट्रिय मुलुकमा आयोजना गरिएको कुरा थाहा भएको छ । गैर आवसीय नेपाली सङ्घ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र खड्काको प्रमुख आतिथ्यता र थाइल्याण्डमा लामो समयदेखि व्यवसाय गरिरहेका सुनिल खड्काको विशेष आतिथ्यतामा अवार्ड समारोह सम्पन्न भएको हो ।
।
जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान
बैंककमा अवार्डसँगै समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान समेत अर्पण गरिएको छ । विगत १६ वर्षदेखि गीत-सङ्गीतको क्षेत्रमा काम गर्दै आएको जिनियस डिजिटल म्युजिक प्रा.लि. ले सो सम्मान अर्पण गरेको हो । नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको सो समारोहमा ईशान श्रेष्ठले मञ्जुश्री नृत्य प्रस्तुत गरेका थिए भने नृत्य निर्देशक/कोरियोग्राफर कृष्ण रसाल, केशव कोइराला, मोडल तथा कलाकार शिला गजुरेल, जोशिफा गुरुङ रसाल, पुजन काफ्ले लगायतले विभिन्न प्रस्तुति दिएका थिए ।
समारोहमा सिक्किममा रहेर नेपाली गीत-सङ्गीत, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण सम्बर्धनमा अतुलनीय योगदान पुर्याएकोमा जीवन शर्मालाई सम्मान अर्पण गरिएको थियो भने हिमालय टाइम्स दैनिकका उपसम्पादक एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसाललाई ‘पत्रकारिता रजत सम्मान’ले विभूषित गरिएको थियो। यस्तै, मेरो डान्स युनिर्भसकी विजेता थाइल्याण्ड निवासी खुसी कार्कीलाई सम्मान अर्पण गरिएको थियो।
समारोहमा नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, नृत्य निर्देशक/मोडल कृष्ण रसाल, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, पत्रकार/निर्देशक राज लुइँटेल, इभेन्ट म्यानेजमेन्ट डाइरेक्टर लव बहादुर कार्की, पत्रकार एवं बडिमालिका फाउण्डेशन नेपालका अध्यक्ष प्रकाश बहादुर सिंह, कोरियोग्राफर ईशान श्रेष्ठ, कोरियोग्राफर कृष्ण राना, गायक/सङ्गीतकार रामबावु राउत पटेल, इभेन्ट डाइरेक्टर डेभिल सिंह राजपुत, फेयर एक्स्प्रेस मिडियाका अध्यक्ष विपिन पोख्रेल, सामाजिक अभियन्ता वरुणकुमार माझी, ढुवानी व्यवसायी महासङ्घका सचिव एवं समाजसेवी धर्मराज पोख्रेललाई सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भविन्द्र खड्का, सिक्किमका जीवन शर्मा, पत्रकार कृष्ण भुसाल लगायतले थाइल्याण्डको बैंककमा आएर यस्तो भव्य कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै विश्वमा जहाँ रहे पनि नेपाली भाषा, साहित्य, कला, संस्कृतिका साथै नेपाली गीत-सङ्गीतको संरक्षण एवं सम्बर्धनमा जुटनुपर्ने भनाई राखेका थिए।
‘मिलाप अन्तर्क्रिया, सम्मान एवं साङ्गीतिक साँझ’
मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान एवं साङ्गीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तरक्रिया, सम्मान एवं साङ्गीतिक साँझ’ सम्पन्न भएको हो । कार्यक्रममा सचिव धामीले मिलापले विदेशमा आएर भाषा, साहित्य, कला, संस्कृतिका विषयमा गरेको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले हाम्रो संस्कार एवं संस्कृतिको जर्गेना र उत्थान गर्न सहयोग पुग्ने बताए।
मिलापका अध्यक्ष एवं सम्पादक कृष्ण भुसालको सहजीकरणमा सम्पन्न भएको सो कार्यक्रममा एनआरएनए आईसिसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने, पर्यटनदूत मलेसिया नेत्र केसी, एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, एनआरएनए मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाह, नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए मलेसियाका कोषाध्यक्ष बलध्वज लिम्बू, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ मलेसियाका अध्यक्ष कमल गौतम, प्रवासी नेपाली मञ्च मलेसियाका पूर्वअध्यक्ष शेर गुरुङ, एनआरएनए आईसिसी सदस्य टेकबहादुर टमटा, व्यवसायी तथा समाजसेवी नरेन्द्र राउत, एशिया प्याशिफिक कन्सल्टेन्ट तथा ग्रुप मेनेजर ग्राण्ड होटल इन्टरनेशनल मलेसियाका श्याम कार्की, व्यवसायी तथा समाजसेवी, अभियन्ता एनआरएनए कुवेतका राजेन्द्र सिंह भण्डारी, सनरेड एडभान्सका सिइओ विनोदकुमार यादव, कृष्णकुमारी निरौला(कविता) सञ्चालक, नेपाल हाउस मलेसिया लगायतको आतिथ्यता रहेको थियो ।
यस्तै, कार्यक्रममा व्यवसायी डिकबहादुर राई, मलायखवरका एन चौधरी, बारा दैनिकका सम्पादक कृष्ण गुप्ता, सुदूरपश्चिम सेवा समाज मलेसियाका अध्यक्ष दिनेश खड्का लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिहरुलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो । उनीहरूलाई कार्यक्रम सभापति अधिकारी जनसावलका बगाले र राजदूतावासका प्रथम सचिव धामीले सम्मान पत्र अर्पण गरेका थिए । कार्यक्रममा गायक मञ्जु लावती, कृष्ण रसाल, केशव कोइराला, उर्मिला खत्री (रिया) रामबाबु पटेल, रमेश पाठक, शिला गजुरेल, विराट बास्कोटा, राजु शेर्मा, मुकेस गुरुङ, जोसिफा गुरुङ, ईसान श्रेष्ठ लगायतले बेजोड प्रस्तुति दिएका थिए ।
