-तुलसी गिरी ‘भावुक’
प्रसिद्ध गीतकार प्रकाश सुवेदीद्वारा रचित गीत ‘भेट भए छुट्न गाह्रो’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ गीतकार सुवेदीकै आधिकारिक युट्युब च्यानल ‘सृजना र सेरोफेरो’ मार्फत डिजिटल बजारमा आएको हो l राजेन्द्र बजगाईंको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा लोकप्रिय गायक डेभिड शंकरले स्वर दिएका छन् भने मनोज परियारको मिक्सिङ्/माष्टरिङ् रहेको छ l
वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस म्युजिक भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को छायाङ्कन एवं सम्पादन रहेको छ l गीतमा आफूले प्रेम गरेकी युवती समक्ष मनको कुरा खोल्न नसकेको स्थिति, त्यस परिस्थिथिबाट उत्पन्न द्विविधा र कौतुहलतालाई मीठो ढङ्गमा प्रस्तुत गरिएको छ l आफूले मन पराएकी युवतीसंग बल्ल बल्ल भेट हुने, भेट भएको बेला पनि दिलको कुरा भन्न नसक्ने र छुट्टिनुपर्दाको सकसलाई गीतकार सुवेदीले यथार्थपरक भावमा व्यक्त गरेका छन् l
साहित्यका विविध विधामा कलम चलाउँदै आएका प्रकाश सुवेदी काल्पनिक भन्दा पनि यथार्थपरक सिर्जनामा रमाउने बहुआयामिक सर्जक हुन् l उनका रचनामा विषयगत विविधता पनि प्रशस्तै देख्न सकिन्छ l
