संजीव सिंहद्वारा स्वरवद्ध ‘बादल पारि’ को भिडिओ सार्वजनिक

भकारी म्युजिक डेभलपमेन्ट कम्पनीको प्रस्तुति रहेको गायक संजीव सिंहद्वारा स्वरवद्ध गीत ‘बादल पारि’ को भिडिओ सार्वजनिक भएको छ । धनवीर थापाले रचना गरेको यस गीतमा कल्याण सिंहको सङ्गीत एवं दिनेश श्रेष्ठको सङ्गीत संयोजन रहेको छ ।

भिडिओमा रोहित जि.सी. र सुजाता गुरुङले अभिनय गरेका छन् भने भिडिओग्राफी सरोज श्रेष्ठको, मेक अप कृपा खड्गीको, सहायक निर्देशन सम्राट सुमन गुरुवाचार्यको एवं निर्देशन रिदेन श्रेष्ठको रहेको छ । भिडिओ बेष्ट टोन म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।