अमृत रामदामको तीज गीत ‘बरेली बजारको’ सार्वजनिक


-प्रकाश बराईली ‘अभिव्यक्ति’

नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यसै अवसरमा विभिन्न कलाकारहरुले तीज विशेष गीतका भिडिओ सार्वजनिक गरिरहेका छन् । यसै क्रममा अमेरिका बसोबास गर्दै आईरहेका गायक अमृत रामदामको नयाँ तीज गीत ‘बरेली बजारको’ भिडिओ सार्वजनिक भएको छ । यस गीतमा अमृत रामदाम र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको सङ्गीत रहेको छ ।

बिनोद भण्डारीको निर्देशन रहेको यस गीतको भिडिओमा प्रशान्त मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको छ । भिडिओमा बिमल अधिकारी, जुना सुन्दास, यादव देवकोटा (सरापे) र बिशालको अभिनय रहेको छ । भिडिओ अमृत रामदाम युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।