सन्जिता खड्काको शब्द/सङ्गीतमा तीजगीत ‘बालेनको शहर’

-तुलसी गिरी ‘भावुक’

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन र उनको कामको प्रशंसा गरिएको तीज गीत ‘बालेनको शहर’ को भिडिओ सार्वजनिक भएको छ l सन्जिता खड्काको शब्द/सङ्गीतमा सन्जिता खड्का र विन्दु बी. सी. को स्वर रहेको यस गीतको मिक्सिङ/माष्टरिङ राकेश सोनीले गरेका हुन् l ३ दिन अघि मात्र Music Nepal युट्युब च्यानलबाट डिजिटल बजारमा आएको यो भिडिओले सार्वजनिक भएको छोटो समयमै १ लाख भन्दा बढी भ्युज पाईसकेको छ l

राकेश सोनीको निर्देशनमा छायाङ्कन भएको यस भिडिओमा लोकप्रिय नृत्याङ्गना अस्मिता रनपाल लगायत दर्जनौं कलाकारहरुको अभिनय रहेको छ भने भिडिओ वीरेन्द्र भाट ‘ विपिन’ ले छायाङ्कन/सम्पादन गरेका हुन् l जसमा लोकेश भाट सह-सम्पादकको रुपमा रहेका छन् l यथार्थपरक, समसामयिक र जल्दोबल्दो विषयमा लेखिएको यस गीतको भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l स्पष्ट दृष्टिकोण भएका, निडर र विकाशप्रेमी बालेन यतिबेला नेपालमा मात्र नभई विश्वभर चर्चामा रहेका छन् l