क्यान्सर रोगीहरुको सहयोगार्थ ‘तारा थापा स्वर्णिम साँझ’ को आयोजना हुने

कला, साहित्य र सङ्गीतको उत्थान, श्रष्टाको सम्मान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ क्यान्सर रोगीहरुको सहयोगार्थ ‘तारा थापा स्वर्णिम साँझ-२०८१’ को आयोजना हुने भएको छ l प्राप्त जानकारी अनुसार सो साङ्गीतिक कार्यक्रम लाफा रूङ्ग फाउन्डेशन, नक्सालको आयोजनामा आगामी असार २१ गते सम्पन्न गरिने छ l

सांस्कृतिक संस्थानको हलमा आयोजना हुन गैरहेको सो कार्यक्रममा वरिष्ठ गायिका तारा थापाले सयथरि बाजा एउटै ताल, तारी नदेऊ ए माझी दाइ, सबैले दिने उस्तै हुन्छ माया, सान्नानी हाँस न, कटर कटरमा, कलिलो तामालाई, फूल झरे पनि, काली पनि देखें लगायतका आफ्ना दर्जन बढी लोकप्रिय गीतहरुको प्रस्तुति दिने कुरा थाहा भएको छ l