हेमन्त शिशिर र पूजा देवकोटाको स्वरमा ‘सँगै जुनी काटौंला’

लोकप्रिय गायक एवं सङ्गीतकार हेमन्त शिशिरको नयाँ गीत सँगै जुनी काटौंलाको भिडिओ सार्वजनिक भएको छ । बिमोचन कार्यक्रममा हेमन्त शिशिरकै अध्यक्षता र वरिष्ठ लोक गायक बोम बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, म्युजिक खबरका प्रधान सम्पादक सुमन बैरागी, चर्चित सङ्गीतकार तथा सङ्गीत प्रशिक्षक नरहरि प्रेमी, स्पेश फोरके टेलिभिजनका समाचार सम्पादक खेम बहादुर बम, चर्चित मोडल स्मारिका ढकाल, चर्चित मोडल एस.के. दाहाल लगायत थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जय देबकोटाले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा गायक राज कुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको भूमिका पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ ले गरेका थिए । बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको सो म्युजिक भिडिओमा हेमन्त शिशिर र पूजा देवकोटाको स्वर रहेको छ भने अञ्जु बिसीको शब्द, हेमन्त शिशिरको सङ्गीत, म्युजिक एरेञ्ज तथा ध्वनि सम्पादन रहेको छ ।

यस गीतको भिडिओमा प्रबिन थापाको निर्देशन, सरोज शाहीको छायाङ्कन र अमृत चापागाईको सम्पादन रहेको छ । भिडिओमा हेमन्त शिशिर र चर्चित मोडल स्मारिका ढकालको अभिनय रहेको छ । यो भिडिओ Hemanta Shishir युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।