जातीय विभेद र छुवाछुत विरुद्धको भिडिओ ‘मुटुको घाउ’ सार्वजनिक

नेपाली साङ्गीतिक बजार सङ्गीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् । सोही क्रममा यथार्थपरक एवं पृथक गीत ‘मुटुको घाउ’ को भिडिओ सार्वजनिक भएको छ । भिडिओ जातीय विभेद तथा अन्तरजातीय प्रेम कथामा आधारित रहेको छ । गैरदलितकी छोरी र दलितको छोराबीचको प्रेम सम्बन्धलाई असफल बनाउने प्रयास गरिएको कुरालाई भिडिओमा समेटिएको छ ।

२१ औं शताब्दीमा छुवाछुत तथा जातीय विभेद गर्नु मानवीय अपराध हो । भिडिओमा यदि कसैले त्यस्तो गर्छ भने ‘जातीय विभेद तथा छुवाछुत कसुर ऐन – २०६८’ बमोजिम कडा भन्दा कडा कारबाही हुने छ भन्ने जानकारी पनि दिन खोजिएको छ । साथै मायामा धनी, गरीब, जातभात केही हुँदैन भन्ने पनि सन्देश दिन खोजिएको छ ।

‘मुटुको घाउ’ शीर्षकको यस गीतमा वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने र चर्चित गायक राजन भुजेल बिश्वकर्माको स्वर रहेको छ भने प्रकाश बराईली ‘अभिब्यक्ति’ को शब्द, कृष्ण रेउलेको सङ्गीत रहेको छ । यस गीतमा रमेश सेञ्चुरीले सङ्गीत संयोजन गरेका छन् । भिडिओमा प्रकाश बराईली ‘अभिब्यक्ति’को निर्देशन, मरुभूमि नारायणको छायाङ्कन, वीरेन्द्र भाट ‘बिपिन’ को सम्पादन र लोकेश भाटको सह-सम्पादन रहेको छ भने

कृष्ण रसाल, उषा सुवेदी, कृष्ण महर्जन र मदन न्यौपानेले अभिनय गरेका छन् । भिडिओ Prakash Baraili Avibekti युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।