पाँचौं ‘नेशनल इन्क्लुसिभ म्युजिक ( NIM ) अवार्ड’ सम्पन्न


पाँचौं ‘नेशनल इन्क्लुसिभ म्युजिक ( NIM ) अवार्ड’ सम्पन्न भएको छ । समारोह वरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्व एवं प्रथम उपराष्ट्रपति परमानन्द झा को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनोट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड गरिएको थियो ।

समारोहमा यस वर्षको रजत सम्मानबाट वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ सम्मानित भएका छन् भने रङ्ग पत्रकारितामा लामो समय कलम चलाएका पत्रकार कृष्ण भट्टराईलाई ‘पिम नेपाल कला पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ l यसैगरी लामो समयदेखि मानव अधिकारको क्षेत्रमा सक्रीय अधिकारकर्मी दीर्घराज जोशीलाई ‘सेवा सम्मान’, सङ्गीतकार दीपक शर्मालाई ‘युवा सङ्गीत सम्मान’ र बालगायिका सफलता श्रेष्ठलाई ‘बाल प्रतिभा सम्मान’ वाट सम्मान गरिएको थियो भने अन्य विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई पनि सम्मान एवं कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली चलचित्र, गीत सङ्गीत एवं कला संस्कृतिका क्षेत्रका साथै विभिन्न क्षेत्रमा सक्रीय विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो l कार्यक्रम नेपाल टेलिकम, एभरेष्ट वियर, गरिमा विकास बैंक, गोकर्णेश्वर नगरपालिका, वुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, साउथ वेष्टर्न कलेज, ओम समाज अस्पताल, व्ल्याकपर्ल कस्मेटिक, होटल आर्ट, गरिमा विकास बैंक, कुमारी बैंक, एस.मए.एस . सेक्यूरिटी एण्ड एच. आर. सोलुशन प्रा.लि., टिका गोपाल एम्. क्रियशन, डेल्फिक काउन्सिल, काठमाण्डौ महानगरपालिका लगायतका सङ्घ संस्था तथा प्रतिष्ठानहरुले सहकार्यमा सम्पन्न भएको हो ।


अवार्ड विजेता र विधाहरु:

राष्ट्रिय भावको गीत-टेक तामाङ: नेपाल आमा

गजल-बी.बी. थापा : बाँचुञ्जेल हाँसो रहेछ

आधुनिक गायक-नवीन कार्की : आँखाले हेर्यो

आधुनिक गायिका-मिलन नेवार : पल पल चोट

आधुनिक सङ्गीतकार-ओम प्रकाश राई : सिरानी लाए

आधुनिक गीतकार (महिला) तारा अधिकारी : तिम्रै लागि

आधुनिक गीतकार (पुरुष) डा.कृष्णहरि बराल : ऐलान

आधुनिक निर्देशन-अञ्जन शर्मा : भत्केको घर

आधुनिक/लोकपप मोडल(पुरुष) सनम कठायत : किन मरिन म

आधुनिक लोकपप मोडल महिला-अनु शाह : उसलाई पाउन–२

लोकपप गायन-नवीन कुमार पौडेल : मेरी डल्ली

लोकपप गीतकार-अभि क्षेत्री (समर्पण) : नसोध भो

लोकपप सङ्गीतकार – राजेश थापा : सल्लेरीको फेदैमा

लोकपप निर्देशन – बविता श्रेष्ठ : हाम्रो माया चोखो

पप गायन – कृष्ण भट्टराई : शहर

पप गीतकार गौतम डंगोल “सन्देश” : अर्कै साथी

गीतकार (महिला ) रमा थापा : माया विरानो

नवगायिका (आधुनिक/लोकपप) मिना नेपाली : हर श्वासमा

नवगायक (आधुनिक/लोकपप) सविन सुवेदी : आज त लभ पर्छ

नवगायक/गायिका लोकदोहोरी बाबुराम भट्टराई : लभको चक्करमा

नव मोडल (पुरुष) अभि लामा : मर्यो भन्दिनु

नव मोडल (महिला) आलिसा बास्तोला : रुवाउने हजार

लोकदोहोरी गायक स्वरुप राज आचार्य : डाँडाघरे सांइली

लोकदोहोरी गायिका रमिला न्यौपाने : पिर नभाको को छ र

लोकदोहोरी गीतकार सविता पोखरेल : ढाँटे मरिजाउँ

लोकदोहोरी संगीतकार श्रीकृष्ण बम मल्ल : डाँडाघरे सांईली

लोकदोहोरी निर्देशन देबेन्द्र पाण्डे : मन बुढो भएन

लोकदोहोरी मोडल(महिला/पुरुष) जिसु कोईराला : कसो गर्ने होला

ध्वनि मिश्रण मनोज परियार : नयाँ गलबन्दी

सम्पादन राजेश कुमार : तारी खेत

छायाकार उत्सव दाहाल : किन मरिन म

कोरियोग्राफर सुनिता बस्नेत : भाग्य भित्र

डेउडा भाका गायन पुष्पा बोहोरा : जौपात

डेउडा भाका मोडल चक्र बम : ओ मेरी बौजु

थारु भाषा गायन राजेन्द्र शर्मा : सखिय हो

थारु भाषा निर्देशन हिरा चौधरी : सुनर सुनर पहिरन

थारु भाषा मोडल सुनिता दहित : सखिय हो

काँठे भाका गायक अमृत खाती : मिरमिरे साइली

काँठे भाका गायिका उमा श्रेष्ठ : मिरमिरे साईली

काँठे भाका गीतकार डब्बु क्षेत्री : असारे मास

मैथली भाषा गायन आदित्य अजय : रमजान के महिना

मैथली भाषा गीतकार समिर खान : समझु प्रेमक इशारा

मैथली भाषा निर्देशन हुशैन शेख : धोखा हमरा

मैथली भाषा मोडल फिरोज शेख : हम अहाँ के दीवाना

तामाङ भाषा गायक अभिषेक तामाङ : ज्याबा ङ्ङ्बा

तामाङ भाषा गायिका लक्ष्मी तामाङ : चाईना जुत्ता

तामाङ भाषा मोडल (पुरुष) हेरुका लामा : चम चम

तामाङ भाषा मोडल (महिला) सुष्मा मोक्तान : रानी

नेपाल भाषा गायन तेजवती जोशी : योःम जित

नेपाल भाषा शब्द राजु मानन्धर : सुथें लुमनी छन्तः

नेपाल भाषा मोडल श्रेया कार्की : पन्तिया मकर मेला

कल्चरल गीत सिता तुम्रुक : हिलिक हिलक (लिम्बु भाषा)

गायक आधुनिक (पपुलर) यम बराल : खुशीको गीत

मोडल आधुनिक (पपुलर) राजेश हमाल :मन बुढो भएन

गीतकार आधुनिक (पब्लिक च्वाईस) भिष्मराज फुलारा :आँशु पिउँदै

संगीतकार (पब्लिक च्वाईस) सरोज कोईराला : भकारीमा धान

काँठे गायक (पब्लिक च्वाईस) शरण प्रसाद हुमागाई : भिरैको खनायो

मोडल आधुनिक (जुरी) अनिषा पोखरेल : पिक्का

मोडल आधुनिक (जुरी) समिक्षा क्षेत्री : दोष

लोकदोहारी शब्द (जुरी) शिव पौडेल : अँधेरीमा जुन

गीतकार आधुनिक (जुरी) विरेन्द्र थाम्सोहाङ : मनमा माया

गायिका (जुरी) अस्मिता श्रेष्ठ : शिरमा रिवन

गीतकार पप (जुरी) पदम विश्वकर्मा : सल्लेरीको फेदैमा

गायक लोकपप (जुरी) सुजन मोक्तान : नाच्ने गाउने

गायक लोकपप (जुरी) सुनिल कटुवाल : फिक्का

मोडल डेउडा (ईन्करेज्मेन्ट) उमेश भट्ट : मन पण्याकी

गायिका लोकपप (ईन्करेज्मेन्ट) सदिक्षा भुर्तेल : घाँसको भारी

गतिकार लोकपप (जुरी) ज्ञान बहादुर लामा : नाच्नु गाउनु

थारु भाषा मोडल (जुरी) प्रमोद चौधरी : कंगना

नेपाल भाषा गायन (जुरी) विजेन्द्र चवाल : जिवनया छु ईं

मोडल लोकदोहोरी (जुरी) सजिना लामिछाने : पैसाको विटो

लोकपप निर्देशन (जुरी) केशव राज भट्ट : पिरती वस्यो