प्रशान्त र लिभा बने मिस्टर एण्ड मिस थारु

राजु चौधरी, चितवन


तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् ।

कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वर्ल्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही आफूमा र परिवारमा ल्याउनुभएको छ l  जुन सम्झिदा यहाँ गर्व गर्नुहुन्छ’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहराइदिइन् ।

यस्तै प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन् भने सुनसरीकै लक्ष्मी चौधरीले सेकेण्ड रनरअपको उपाधि जितिन् । श्रुतिलाई २०१८ की फष्ट रनरअप सुनेश्वरी कुमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन् ।

त्यसैगरि बेस्ट फोटोजेनिक नेहा चौधरी, बेस्ट ट्यालेन्ट प्रतिभा चौधरी, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ सोनु चौधरी, बेस्ड डिसिपिलिन लिभा चौधरी थारु, बेस्ट वाक प्रतिभा चौधरी, खल्ती पब्लिक च्वाइस र बेस्ट पर्सानालिटिको अवार्ड श्रुति गच्छारले जितिन् ।

यस्तै तेस्रो संस्करणको मिस्टर थारु २०२१ को उपाधि प्रशान्त हुजदारले जितेका छन् । १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन् । कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वर्ल्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘महिलाहरुले विभिन्न समस्या र चुनौती भोग्न बाध्य भइरहेको बेला पुरुषहरुले कस्ता समस्या र चुनौतीको सामना गर्नु परेको छ ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै प्रशान्तले उपाधि जितेका हुन् ।

सप्तरी निवासी प्रशान्तलाई मिस्टर थारु २०१८ का विजेता रविन चौधरीले ढाका टोपी लगाइदिए । यस्तै पर्साका रवि चौधरी फस्ट रनरअप र मोरङका आशकुमार चौधरी सेकेण्ड रनरअप भए । रविलाई २०१८ का फस्ट रनरअप विवेक चौधरी र आशकुमारलाई २०१८ का सेकेण्ड रनरअप दिपेन चौधरी चौधरीले अवार्ड प्रदान गरे ।

त्यसैगरि बेस्ट फोटोजेनिक विजय चौधरी, बेस्ट ट्यालेन्ट प्रशान्त हुजदार, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ हरेन्द्र कुमार चौधरी, बेस्ड डिसिपिलिन कमल कुमार चौधरी, बेस्ट वाक अविनास महतो, खल्ती पब्लिक च्वाइस भागवती चौधरी र बेस्ट पर्सानालिटिको अवार्ड सिद्धान्त चौधरीले जिते ।

प्रतियोगिताका विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गरे । उनीहरुलाई मुख्य निर्णायक मिस नेपाल वर्ल्ड २०१९ अनुस्का श्रेष्ठ, आयोजक जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरी, वाइएसी इभेन्ट्सका म्यानेजर जयस चौधरीलगायत अतिथिले पुरस्कार प्रदान गरे ।

फाइनल प्रतिस्पर्धामा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विगतमा काठमाडौंमा हुँदै आइरहेको प्रतियोगिताका फाइनल प्रतिस्पर्धा यसपटक पहिलोपटक राजधानी बाहिर गरिएको हो । थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि जह इन्टरटेनमेन्टको आयोजनामा सन् २०१७ देखि मिस्टर एण्ड मिस थारुको सुरुवात भएको हो ।

यस यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएका थिए भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएका थिए ।