मङ्गलबारदेखि हास्य शृङ्खला ‘दुई स्वास्नीको पोई’

कृष्ण भट्टराई


आगामी मङ्गलबारदेखि नयाँ हास्य शृङ्खला दुई स्वास्नीको पोई, कुना पसि रोई को प्रसारण आरम्भ हुने भएको छ । यो शृङ्खला योहो टेलिभिजन एचडी बाट प्रत्येक मङ्गलबार राती ८:३० बजेदेखि प्रसारण हुन लागेको हो । काठमाडौंमै छायाङ्कन भैरहेको उक्त शृङ्खला यूट्युबबाट पनि प्रसारण हुनेछ ।

समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त शृङ्खला एसकेएस फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो । गीता नेपाल (दाउरी) को लेखन रहेको यो शृङ्खलालाई ज्ञानकुमार कट्टेलले निर्देशन गरिरहेका छन् । शृङ्खलामा हास्य अभिनेता गोपाल ढकाल छन्देले दुई श्रीमतीको श्रीमानको भूमिका निर्वाह गरेका छन् ।

प्राप्त जानकारी अनुसार शृङ्खलामा छन्दे सहित अभिनेत्री शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी,  सुशीला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाल आदि कलाकारले अभिनय गरिरहेका छन् । काठमाडौंको काभ्रेस्थली (भेडीगोठ) क्षेत्रमा छायाङ्कन गरिएको यो शृङ्खलाका छायाकार राजु श्रेष्ठ हुन् भने मनोज ढकालको श्रृङ्गार तथा मनोज श्रेष्ठको प्रकाश व्यवस्थापन रहेको छ ।