विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत रचे इतिहास सार्वजनिक भएको छ । उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम धरोहर मा समावेश भएको गीत रचे इतिहास को लिरिकल भिडियो सार्वजनिक भएको हो । हुलाक टिकटमा समाबेश गरिएको विशिष्ट ब्यक्तिहरूको नाम राखी बनाइएको यो गीतले केही समय अघि विश्व रेकर्ड राख्न सफल भएको थियो । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।
फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा. उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।
उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान, भरिया सम्बन्धी गीत लगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् उहाँका ।
सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।