आशिष हल्क कार्की र शिल्पा थापाको अभिनयमा ‘एक्लो यो रात’

राजु बोहरा


नेपाली सङ्गीत आकाशमा प्रतिभावान गायक आशिष हल्क कार्कीको प्रवेश भएको छ । बालापनदेखि नै गीत सङ्गीतमा झुम्न रमाउने आशिषले ऐच्छिक विषय सङ्गीत लिई होली गार्डेन मा.वि.मा अध्ययन गरेका थिए। बिभिन्न बाध्ययन्त्र बजाउन समेत निपूर्ण आशिष भरखरै आफ्नै शब्द, सङ्गीत, गायन र अभिनय रहेको गीत एक्लो यो रात को भिडियो लिएर आएका छन् ।

आफ्नो कला र गला मार्फत नेपाली सङ्गीत प्रेमीको मन मस्तिष्कमा  बस्ने र विशेषगरी युवामाझ लोकप्रिय बन्ने अपेक्षा सहित यस क्षेत्रमा प्रवेश गरेका नव गायक कार्की र मोडल शिल्पा थापालाई भिडियो निर्देशक अनुप चापागाईंले रेड ड्रागन क्यामरा मार्फत पर्दामा उतारेका छन्  ।

गीतमा उत्कृष्ट साउण्ड इन्जिनियरको रुपमा परिचित तथा कैयौं अवार्ड जितेका प्राविधिक श्यामश्वेत रसाईलीको एरेन्ज, मिक्सिङ् र माष्टरिङ रहेको छ भने भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन्  । गायक तथा मोडल आशिष हल्क कार्कीको आफ्नै युट्युब च्यानल Aashish hulk Karki बाट सार्वजनिक भएको यो भिडियोको निर्माता विष्णु कार्की हुन् ।