राष्ट्रिय भावको गीत ‘धर्ती’

सुमधुर स्वरकी धनी काव्य आचार्यको स्वरमा रहेको राष्ट्रिय भावको गीत ‘धर्ती’ को भिडियो सार्वजनिक भएको छ l वरिष्ठ कला पत्रकार शान्तिप्रियको शब्दरचना, लोकप्रिय सङ्गीतकार दीपक शर्माको सङ्गीत तथा नरेन्द्र वियो*गीको सङ्गीत संयोजन रहेको यस गीतको भिडियोमा गायिका काव्य स्वयम्ले नै प्रमुख कलाकारको रुपमा नृत्य – अभिनय गरेकी छिन् भने अवालिका तामाङ, समिरा मल्ल लगायत हिमालय बोर्डिंङ् स्कूल, बुढानिलकण्ठका विध्यार्थीहरुले कोरस नृत्यमा साथ दिएका छन् l

यो गीतको भिडियो स्मृति तिमिल्सिनाको कोरियोग्राफी तथा निर्देशनमा निर्माण भएको हो भने भिडियोमा सुरेस श्रेष्ठको छायाङ्कन र प्रकाश धमलाको सम्पादन रहेको छ l भिडियो केहीदिन अघि गायिका आचार्यको आफ्नै युट्युब च्यानल Kabya Acharya बाट रिलिज भईसकेको छ l


Video Link