लोकगायक दुर्गा बिरही र अपाङ्ग गायिका धना परियारको आवाजमा रहेको गीत ‘बादलुको घुम्टो’ को भिडियो सार्वजनिक भएको छ । आत्म विश्वाश फिल्मसको प्रस्तुति रहेको उक्त गीतमा गायक विरहीको आफ्नै सङ्गीत तथा शब्दरचना रहेको छ भने पदम बिसीको एरेन्ज रहेको छ । त्यस्तै गीतको भिडियो पनि गायक बिरहीले नै निर्देशन गरेका छन् । भिडियोमा कृष्ण पाण्डेको छायाङ्कन र रन्जना पौडेलको सम्पादन रहेको छ । दुर्गा बिरही र नुना बिसिद्वारा अभिनित सो भिडियो केहीदिन अघि मात्रै बजारमा आएको हो ।
बागलुङको रमणीय गाउँमा जन्मिएर कलाकारितामा अगाडि लम्किदै गरेका बिरहीले माया प्रेमका विषयवस्तु र स्कुले जीवनमा आफूले भोगेका पिरतीका वेदनालाई गीतको शब्दमा उतारेको कुरा जानकारी गराए । भिडियो आफ्नै जन्मस्थान बागलुङको सेरोफेरो र सुन्दर नगरी पोखरामा छायाङ्कन गरिएको समेत उनले बताएका छन् । कलाकारिताबाटै जीवनयापन गर्ने उद्देश्यले यस क्षेत्रमा होमिएका उनले यसभन्दा अगाडि ‘भत्किएको घर, सेक्सी देखिन्छौ, तिमी बस्ने मुटु, मायाको अमृत पिउन देऊ, परदेशीको पीडा, चेलीको बिचल्ली, मिलन हुँदा, यति धेरै सानुको माया, काठमाडौं झरियो, भन्छौ सानु के छ खबर, के छ कोसेली’ लगायतका गीत बजारमा ल्याइसकेका छन् ।
video link