चलचित्र ‘रुमालै छ चिनो’ को ट्रेलर सार्वजनिक भएको छ । नेपाली लाउरेहरुको कथा बोल्ने यस ट्रेलरमा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नवनायिका अप्सना थापा छिन् । यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गीत सार्वजनिक भएको थियो । कुनैबेला चर्चामा रहेको रेशम थापाको लोक गीत ‘रुमालै छ चिनो’ बाट यस चलचित्रको नाम राखिएको हो । जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो । चलचित्रको कथाबस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अप्सना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरवीर पण्डित, लक्षमण विक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । ज्योति फिल्मसको ब्यानरमा बनेको यस चलचित्रमा चन्द्र ब. खड्का, दीपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा लगानी गरेका छन् । दिनेश सिंह ठकुरीको निर्देशनमा निर्मित यो चलचित्र आगामी फागुन १० देखि प्रदर्शनमाआउँदै छ ।













 
				
				 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							