‘नेपाल्स लिटिल स्टार २०१८’ को ‘ओरेन्टेशन’ कक्षा सम्पन्न

सिद्दि मिडिया प्रा.लि. ले आयोजना गर्न लागेको ‘नेपाल्स लिटिल स्टार २०१८’ नामक प्रतियोगिताको ‘ओरेन्टेशन’ कक्षा सम्पन्न भएको छ l सो ‘ओरेन्टेशन’ कक्षा फेशन डिजाईनर काजल शर्मा, समाजसेवी निकिता पाण्डे, गायिका वसन्ता प्रकृति र रमेश मास्केको उपस्थितिमा सम्पन्न भएको हो l
प्रतिस्पर्धामा करिब २ दर्जन बालबालिकाहरुले भाग लिने भएका छन् भने बालबालिकाहरुको व्यक्तित्व विकाश गर्दै उनीहरुभित्र भएको प्रतिभालाई प्रष्फुटन गराई भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ यो प्रतियोगिताको आयोजना गर्न लागिएको कुरा आयोजक संस्थाका प्रबन्ध निर्देशक अमित शाहले बताएका छन् l छिट्टै प्रतिस्पर्धी बालबालिकाहरुका अभिभावकहरुलाई समेत उपस्थित गराएर चौतर्फी विकाशमा सहयोग पुग्ने तरिकाले मनोवैज्ञानिक प्रशिक्षण समेत प्रदान गरिने कुरा शाह बताउँछन् l

प्रतियोगिताका लागि छनोट भएका बालबालिकाहरुलाई कोरियोग्राफर/ट्रेनर आशिष मिश्रले २५ दिनसम्म विशेष प्रशिक्षण प्रदान गर्ने जानकारी प्राप्त भएको छ l