तीज फेशन शो तथा म्युजिकल ईभेण्ट सम्पन्न

एल एण्ड एन मोडल एजेन्सी प्रा.लि.को आयोजनामा सम्पन्न भएको ‘तीज फेशन शो’ तथा ‘म्युजिकल ईभेण्ट’ भब्यताका साथ सम्पन्न भएको छ l संचारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्द र अभिनेता रमित ढुंगानाको उपस्थितिमा सम्पन्न सो ‘फेशन शो’ मा मोडल कौशिक प्रसाई, अभिनेता नयन डिसी, मोडल संजय राजविक्रम, मोडल जेम्स बिसी लगायतका अन्य सेलिब्रेटीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो l

‘तीज फेशन शो’मा फेशन डिजाइनर रश्मि बस्नेत, प्रमिला डंगोल, अनिल प्रधान, स्वीकृति पोखरेल, अनु शिल्पकार तथा एलभीडी एण्ड लाइभ अप डेनिमका आकर्षक ड्रेसहरु प्रस्तुत गरिएको थियो l

बुनु राई मानन्धर,  रमेश श्रेष्ठ मेलोडी,  कर्णराज गिरी,  शर्मिला श्रेष्ठ, गङ्गा जमुना खड्की, मारिया कार्की लगायतका कलाकारहरुको गायन तथा नृत्यबाट उपस्थित दर्शकहरुले मनोरन्जन लिएका थिए l  नितेन्द्र कर्णले कोरियोग्राफी गरेको उक्त ‘फेशन शो’ मा २३ जना मोडलहरु र्याम्पमा हिँडेका थिए l एल एण्ड एन मोडल एजेन्सी प्रा.लि. का  सी ई ओ लक्ष्मी श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको सो ‘तीज फेशन शो’ तथा ‘म्युजिकल ईभेण्ट’ ज्योति खड्काले  संचालन गरेकी थिइन् l