व्यवसायमा सफलता बटुल्दै एन्जीला

पूर्व समयकी सक्रिय कलाकार एन्जिला गौतमले हालै धुम्बाराहीमा ‘एरिका बुटिक’ को उद्घाटन गरेकी छिन् l विगत ५ वर्षदेखि उनले ‘एरिका कलेक्शन’ नामक विशेषगरी महिलाहरुसँग सम्वन्धित तयारी कपडाको पसल समेत संचालन गर्दै आएकी थिईन् l एन्जिलाले एक औपचारिक कार्यक्रमको आयोजना गरी कलाकार वर्षा शिवाकोटीलाई प्रमुख अतिथि बनाएर बुटिकको उद्घाटन गरेकी हुन् l उद्घाटन समारोहमा कलाकार, पत्रकार तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो l
बागबजारस्थित प्रतिभा कला मन्दिरबाट कलाकारिता सुरु गरेकी एन्जिलाले विगतमा नाटक, टेलि तथा ठूलो पर्दाका चलचित्रमा अभिनयका साथै गीत तथा म्युजिक भिडियोमा समेत लगानी गरेकी थिईन् l ‘फेशन शो’ आयोजना गर्दागर्दै ‘फेशन’ तिर आकर्षित भएकी एन्जिला अन्ततः यो व्यावसायमा आवद्ध हुन पुगेकी हुन् l