मिष्टर एण्ड मिस थारु सिजन-२ को आयोजना हुँदै

जह इन्टरनेटमेन्टले ‘मिष्टर एण्ड मिस थारु सिजन-२, २०१८’ नामक राष्ट्रव्यापी सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ l कार्यक्रमको ‘ग्राण्ड फिनाले’ आगामी कात्तिक १६ गते जमलस्थित राष्ट्रिय नाचघरको हलमा सम्पन्न हुने कुरा आयोजक कमिटीका अध्यक्ष सुरेस कुमार चौधरीले बताएका छन् l सुरेस कुमारले दिएको जानकारी अनुसार यही भाद्र २२ गते सुदूरपश्चिमको धनगढीबाट प्रतिस्पर्धीहरुको अडिशन सुरु हुने छ भने त्यसपछि २४ गते बुटवल, २५ गते चितवन, २७ गते लहान, २८ गते ईंटहरी र ३० गते काठमान्डौमा अडिशन लिईने छ l

प्राप्त जानकारी अनुसार प्रतिस्पर्धामा विजयी हुने मिष्टर र मिस थारु दुबैलाई जनही नगद रु.७५ हजारका साथमा ट्रफि, परम्परात्मक थारु भेषभूषाका साथै बिभिन्न उपहारहरु प्रदान गरिने छ भने कल्चरल टूर पनि गराईने छ l प्रतिस्पर्धीहरुलाई ‘मिस नेपाल २०१५’ कि ‘टप फाइभ’ निश्मा चौधरीले कोरियोग्राफीको प्रशिक्षण दिनेछिन् भने वर्षा लेखीले प्याजेन्ट एम्बेस्डरको रुपमा सहभागिता जनाउने छिन् l गतवर्ष सम्पन्न पहिलो ‘मिष्टर एण्ड मिस थारु’ मा पनि निश्माले नै कोरियोग्राफरको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकोले यसपटक पनि उनैलाई सो जिम्मेवारी दिईएको कुरा आयोजकले बताएका छन् l आयोजक कमिटीका अध्यक्ष सुरेस कुमारका अनुसार समारोहको ‘टाईटल’ उधोग विभागमा दर्ता गरिएको छ भने कार्यक्रम आयोजनाको लागि सम्वन्धित सरकारी निकायबाट अनुमति पनि लिईसकिएको छ l रामलाल चौधरी, चंचल चौधरी र किशोर चौधरी सल्लाहकार रहेको यस अवार्ड समारोहको आयोजक कमिटीको ईभेन्ट म्यानेजरमा सुदिप चौधरी, कार्यक्रम संयोजकमा प्रवीन चौधरी र म्यानेजरमा रुपेश चौधरी रहेका छन् l गतबर्षको प्रतिष्पर्धामा चितवनकी जेनिशा चौधरीले ‘मिस थारु’ र सिरहाका चन्दन चौधरीले ‘मिष्टर थारू’ को उपाधी जितेका थिए l