यी हुन् यम वुद्धका ठूलो फ्यान, जसले दिन्छन् चर्चित र्यापरलाई टक्कर

बदलिँदो समयसँगै बदलिने हामी मानव जाति हरेक तवरमा आफ्नो पनसँगै दिनानुदिन घुलमिल भइरहेका छौं l नवीन शैलीका कला र साहित्यसँगै गीत-संगीतको रचना र रुची पनि बिभिन्न उमेर समूहमा भिन्न भिन्न पाइन्छ l युवापुस्ताको क्रेजको कारण नेपाली गीत-संगीतमा र्याप गीतले राम्रो स्थान पाएको छ l यस्तै र्याप गीतप्रतिको सानैदेखिको लगाव भएका उदाऊँदो र्यापर हुन् चन्द्रुहाङ्ग राई l चलेका र्यापर जस्तै र्याप हान्न सक्छन् उनी ! https://youtu.be/VaWTpny698w

स्व.यम बुद्ध जस्तै लाहुरे, भिटेन लगायतका अन्य थुप्रै र्यापरहरुले नेपाली र्यापलाई अझ उचाईमा पुर्याउन उल्लेखनीय योगदान गरेका छन् l यस्तै नेपालमा र्याप गीतलाई निरन्तरता दिनको लागि नयाँ नयाँ र्यापरहरु पनि आइरहेका छन् l सानो उमेरमा लाहुरे र यम बुद्धको गीत गाउने र्यापर चन्द्रुहाङ्ग अहिले आफ्नै शब्दरचनामा खुलेर र्याप गाउँछन् भने ”पीडा’ र ‘मेरो तरहरा’ शीर्षकको गीत पनि उनले आफ्नै शब्दरचनामा तयार पारेका छन् l

भर्खरै १२ क्लास पढ्दै गरेका राईले सानैदेखि र्याप गीत गाऊँदै आएका छन् l घरपरिवारबाट साथ र सहयोग हुँदाहुँदै पनि बजेटले साथ नदिएको र चांडै नै साथीभाइहरुको सहयोगमा गीतरेकर्ड गर्ने सोच बनाएको कुरा राईले बताए l आफूसँग भएको कलालाई प्रस्फुटन गराऊँदै र्याप गीतमै भविस्य बनाउन लागिपरेका र्यापर चन्द्रुहाङ्ग भोलिका दिनमा कसरी प्रस्तुत हुन्छन् त्यो भने हेर्न बाँकी नै छ !

https://youtu.be/VaWTpny698w