मेकअप आर्टिस्ट सिमा गुरुङको मेकअप स्टुडियो संचालनमा

काठमाडौँ : विगत लामो समयदेखि नेपाली सिने क्षेत्रमा मेकअप आर्टिस्टको रुपमा चर्चा बटुल्दै आएकी मेकअप आर्टिस्ट सिमा गुरुङले लाजिम्पाटमा “सिमा द मेकअप स्टुडियो” संचालनमा ल्याएकी छिन् l नायिकाहरु संचिता लुईंटेल, स्वेता खड्का र ऋचा शर्माले संयुक्त रुपमा रिबन तथा केक काटेर उद्घाटन गरेको उक्त ‘सिमा द मेकअप स्टुडियो’ मा नयाँ प्रविधिका उपकरणहरु राखिएको बताइएको छ l उक्त अवसरमा चर्चित सेलिब्रेटीहरुको साथमा फेशन डिजाइनर, सौन्दर्यविद, कलाकार, संचारकर्मी, समाजसेवी तथा अन्य सर्वसाधारणहरुको समेत बाक्लो उपस्थिति रहेको थियो l

सिमा द मेकअप स्टुडियोमा महिला पुरूषका लागि ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप लगायत मेकअप सम्बन्धी सबैखाले सेवा उपलब्ध हुने सीमाले बताएकी छिन् । उनी भन्छिन- ‘मेकअप स्टुडियोमा मेकअप सम्बन्धी तालिम र होम सर्भिस मेकअपको पनि व्यवस्था पनि गरिएको छ ।’