‘चाईल्ड आईकन धरान’ को ताज नेहारिका र युङमिनाले जिते

ईटहरी/ धरानमा पहिलोपटक आयोजना भएको ‘चाईल्ड आईकन’ भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा धरानमा छरिएर रहेका २५ बढी स्कुलका झन्डै ३०० को हाराहारीमा स्कुले केटाकेटीहरुको उत्साहजनक सहभागिता रहेको थियो । अडिशन पश्चात् ६५ जना छानिएका मध्ये उत्कृष्टबाट सर्वोत्कृष्ट हुँदै नेहारिका लिम्बू र युङमिना थलङ आइकनको ताज पहिरन सफल भएका हुन् । यो सँगै बिजेता तथा उप बिजेताहरुले अन्तर्राष्ट्रिय चाईल्ड आईकनमा सहभागी हुने सुनौलो मौकाको साथमा अमना ट्राभल एण्ड टुर्सको तर्फबाट टुर प्याकेज तथा युरेका स्कुल र सियोन स्कुल धरानको तर्फबाट छात्रवृत्ति समेत पाएका छन् ।

असार ९ गते शनिबार धरानस्थित भोटेपुलको सभागृहमा सम्पन्न भएको फाईनल प्रतिष्पर्धामा प्रतिष्पर्धीहरुका अभिभावक लगायत ५०० बढी दर्शकको उपस्थिति रहेको थियो । करिब दिनको २:३० बाट सहभागी ६५ जनाको एकसाथ नृत्यसँगै सुरु भएको चाईल्ड आईकनको फाईनल कार्यक्रम साँझ ७ बजे सम्म चलेको थियो । नेहारिका सिनियर तर्फबाट र युमिना जुनियर तर्फबाट विजेता भएका हुन् ।

त्यस्तै सिनियरतर्फ फस्ट रनरअपको उपाधी सुम्मिट सेकेन्डरी धरानमा अध्ययनरत अनन्ता तामाङले जितेकी छिन् भने सेकेन्ड रनरअप आईडियल इङ्लिश सेकेन्डरी स्कुलका अङ्कित राई राज्यले हात परेका छन् । यता जुनियरतर्फ भने सुम्मिट स्कुलका जीवित राईले फस्ट रनरअप र के के ईन्टरनेशनल स्कुलकी रीजा श्रेष्ठले सेकेन्ड रनरअपको उपाधी जितेका छन् । सहभागी सम्पूर्णलाई विगत २ हप्ता अघिदेखि मिस टुरिज्म नेपालकी सेकेन्ड रनरअप सोयाश्री बज्राचार्य लगायतले विभिन्न किसिमका ब्याक्तित्व बिकाश, र्याम्पहरुको विशेष कक्षा दिएकी थिईन् l

उक्त प्रतियोगितामा सीता पाठक, अरुण प्रधान, एलिजा मगर, बिनोद श्रेष्ठ, रेश्मा घिमिरे, गोपल देवान, अशोक जबेगु, सन्जिब बन्तावा, मनिकुमार राई, र जिता गुरुङ निर्णायकको भूमिकामा रहेका थिए । मिडियाल्याण्ड काठमाडौको आयोजनामा सम्पन्न सो प्रतियोगितामा सहभागी ६५ प्रतिष्पर्धीका ६५ आमाहरुले समेत एकसाथ र्याम्प शो गरेका थिए । यस्तै सहभागी सम्पूर्णले आफ्नो सामाजिक उत्तरदायित्व बहनका लागि धरानका असहाय बालबालिका तथा पुनर्स्थापना गृह धरानमा सहयोग पनि गरेका थिए । सहभागीहरुले आफै आफ्नो साथीभाइ तथा आफन्तहरूसँग सहयोग संकलन गर्दै यस्तो कार्य गरेका हुन् l