अग्रज पौभा कलाकार जोशी सम्मानित

नेपाल ललितकला मन्च र साँस्कृतिक संस्थानको आयोजनामा १० दिनसम्म चलेको ‘काठमाण्डौ कला मेला २०१८’ को समापन भएको छ l मेला समापनका अवसरमा पौभा कलाका अग्रज कलाकार दीपक जोशीलाई सम्मानका साथै प्रतिस्पर्धामा उत्कृष्ट भएका कलाकारहरुलाई पुरस्कृत गरिएको थियो l समारोहमा ललितकला मंचका अध्यक्ष लालकाजी लामाले नेपाली कलाको श्रीवृद्धिमा दीपक जोशीको अतुलनीय योगदान रहेकोले उनलाई सम्मान गरिएको जानकारी गराउँदै जोशीले १० बर्षको उमेरदेखि नै पौभा कलाकारिता सुरु गरेको बताए l नेपाल तथा नेपाल बाहिरका विभिन्न मुलुकमा दर्जनौंपटक आफ्नो कला प्रदर्शनी गरिसकेका कलाकार दीपक जोशीले स्वयम् इन्स्टिच्युट स्थापना गरी परम्परात्मक चित्रकला सम्बन्धी प्रशिक्षण समेत दिंदै आएका छन् l नेपाल टेलिभिजनको लोगो समेत बनाउने सम्मानित कलाकार जोशी ‘नेपाल परम्परागत चित्रकला परिषद्’ का उपाध्यक्ष समेत हुन् l