११औं मिस तामांगको उपाधि सिम्रनलाई

नेपाल तामांग कला-संस्कृति केन्द्र र एभरेष्ट फेशन होमले संयुक्त रुपमा आयोजना गरेको एघारौं मिस तामांग २०१८ को उपाधि पर्साकी सिम्रन स्यान्ग्बोले प्राप्त गरेकी छिन् l उनले अन्तिम २८ प्रतियोगीहरुलाई पछि पादै सो उपाधि हात पारेकी हुन् l उपाधिसँगै पुरस्कार स्वरूप नगद रु. १ लाख समेत जितेकी सिम्रनलाई २०१७ की मिस तामांग पिंकी घिसिंगले ताज पहिर्याएकी थिईन् l सिम्रन एक बर्षको लागि सिभिल ग्रुपको ब्राण्ड एम्वेसडर समेत भएकी छिन् l प्रतिस्पर्धामा नुवाकोटकी रन्जिता लामा फस्ट रनरअप र काठमाण्डौकी कुन्छान लामा सेकेन्ड रनरअप भएका थिए l प्रतियोगितामा सिभिल होमका अध्यक्ष इच्छाराम तामांग, २०१२ कि मिस तामांग सुमी मोक्तान, कलाकार ओसिमा बानु, समाजसेवीद्वय प्रवीण मोक्तान र भूपाल तामांगले निर्नायाकको भूमिका निर्वाह गरेका थिए l तामांग जातिको कला, संस्कृति, भेशभूषा तथा रीतिरिवाज हराउँदै गएकाले त्यसलाई जोगाईराख्ने उद्देश्यले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको कुरा नेपाल तामांग कला-संस्कृति केन्द्रका संस्थापक मिलन मोक्तानले बताएका छन् l
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग सहित गणतान्त्रिक संविधान लेखनमा विशेष भूमिका निर्वाह गरेको भन्दै १६ जना तामांग सभासद तथा सांसदहरु राधिका तामांग, यशोदा कुमारी लामा, रेशम बहादुर लामा, पर्शुराम तामांग, दिलमान पाख्रिन, शेर बहादुर तामांग, बहादुर सिंह लामा, तीर्थ बहादुर लामा, कमला दोंग, बबिना मोक्तान, पुष्पलता लामा, रमेश कुमार लामा, इच्छाराज तामांग, राजाराम स्यान्ग्तान, छेवांग तेन्जिंग लामा र योगेन्द्र घिसिंगलाई समेत सम्मान गरिएको थियो l