गीतकार विपिनको १६ औं एल्बम आउँदै

लोकप्रिय गीतकार विपिन किरण आफ्नो एकल रचनाको १६ औं एल्बम ‘प्रत्यूष’ रिलिजको अन्तिम तयारीमा पुगेका छन् l विन्ध्यबासिनी म्युजिकबाट आउन  लागेको उनको सो एल्बम माघको दोस्रो साता सम्ममा एक औपचारिक कार्यक्रम मार्फत  सार्वजनिक हुने कुरा थाहा भएको छ l गीतकार विपिन किरणका अनुसार एल्बममा ‘बरु यो संसार बैरी बनोस, सबैसंग यो दिल, मनको सुन्दर फूलबारीमा र यो मुटुभित्र’ गरी ४ वटा गीतका ९ वटा ट्रयाक रहने छन् l एल्बम ९ जना गीतकारको हातबाट लोकार्पण गरिने छ l
‘प्र्त्युष’ मा अर्जुन पोख्रेल, महेश खड्का, लक्ष्मण शेष र वसन्त सापकोटाको सङ्गीत र राजेशपायल राई, दुर्गा खरेल, सुमन कुमार श्रेष्ठ, श्रेयशी चेम्जोंग लिम्बू, युवराज चौंलागाई, जुनु रिजाल र डेजी शेर्पाका स्वर रहेका छन् l