सडक दुर्घटनाबाट निधन

२७ बर्षीय कलाकार बिना थापाको सडक दुर्घटनाबाट निधन भएको छ l गत पुष १२ गते दिउँसो उनी सवार स्कुटरलाई बत्तीसपुतलीमा ट्यांकरले ठक्कर दिएको थियो l उपचारकै क्रममा वीर हस्पिटलमा उनको निधन भएको हो l गुल्मी, मुसिकोटकी बिनाले केही ठूलो पर्दाका चलचित्र, केही नाटक र म्युजिक भिडियोमा अभिनय गरेकी थिईन् l पछिल्लो समय उनी बिदेशका स्टेज कार्यक्रमहरुमा समेत ब्यस्त रहँदै आएकी थिईन् l