३० विधामा अवार्ड वितरण गर्दै चौथो सिल्भर म्यूजिक अवार्ड सम्पन्न

प्रियसी म्यूजिकको आयोजनामा चौथो सिल्भर म्यूजिक अवार्ड २०२५ सम्पन्न भएको छ । म्युजिक भिडिओ निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठको सभापतित्वमा ‘चौथो सिल्भर म्यूजिक अवार्ड’ चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको हो । सङ्घीय सांसद तथा संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गीत-सङ्गीत र चलचित्रका विभिन्न ३० विधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गरिएको थियो । समारोहमा गीत-सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने कलाकार एवं पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो ।

‘चौथो सिल्भर म्यूजिक अवार्ड’मा  पत्रकार सम्मानबाट ऋषि थपलिया, कला पत्रकारिता सम्मानबाट गीता अधिकारी र सबिता पोखरेललाई सम्मानित गरिएको थियो । त्यस्तै कला सम्मानबाट निर्देशक शिशिर बुढाथोकी, मोडल सुनिता खड्का, नवा थापा, सनम कठायत, कमल आचार्य, गायक राजन चौलागाईं खैराते, नवराज ढकाल र विनोद सुनार सम्मानित भएका थिए ।

त्यसैगरि विभिन्न ३० विधामा आयोजना गरिएको सिल्भर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट लोकदोहोरी गायक विशाल सोनी (मकै बारी दर्‍याम दर्‍याम), सर्वोत्कृष्ट लोकदोहोरी गायिका सविना बुढा मगर (रातो फूल), सर्वोत्कृष्ट लोकदोहोरी शब्द कमला थापा (कोशी सलल), सर्वोत्कृष्ट लोकदोहोरी लय अर्जुन गैरे (आधा मुटु), सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशक रोशन दास (आफनै स्वार्थ), सर्वोत्कृष्ट म्युजिक भिडिओ सम्पादक बिनोद बम (रूखैमा पाक्यो मेवा), सर्वोत्कृष्ट नव गायिका आषिका पोख्ररेल (आधा मुटु), सर्वोत्कृष्ट नव मोडल पुरूष श्याम सुनार (मेरो मन तिम्रै भो), सर्वोत्कृष्ट टेलिचलचित्र कलाकार रश्मि पाण्डे (सकिगो नि), सर्वोत्कृष्ट नव मोडल महिला एलिना भण्डारी (प्रेमको बदला), सर्वोत्कृष्ट आधुनिक मोडल पुरूष सुशान्त ढकाल (तिम्रो माया), सर्वोत्कृष्ट आधुनिक मोडल महिला मल्लिका राजोपाध्याय (कल्ले भन्यो), सर्वोत्कृष्ट बालकलाकार सम्मान चौलागाई (चाहन्छु भाग ४), सर्वोत्कृष्ट भाषाभाषी मोडेल मुकेश गुरूङ, सर्वोत्कृष्ट भाषाभाषी गायक रत्नदिप चौधरी (नथिया वाली), सर्वोत्कृष्ट लोकपप गायक महेन्द्रराज वराल (फूल रसैले), सर्वोत्कृष्ट पप डान्सिङ गीत गायक संजिव सिंह राना (तिम्रो प्रोफाईल), सर्वोत्कृष्ट लोक आधुनिक शब्द कृष्णमाया भण्डारी (मनै भरिन्छ), सर्वोत्कृष्ट भिडिओ निर्देशक जुरी अवार्ड दिनेश ठकुला (रूने गरायो), सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार रोशन सिंह (मेरो भाग्यमा नलेखेको मान्छे), सर्वोत्कृष्ट नृत्य निर्देशक नितिन वाइवा (जाउँ कान्छि रेलैमा), सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला गिता ढुंगाना (मौरी रसैमा), सर्वोत्कृष्ट आधुनिक गायक ओम सुनार (मायाले सजाउँला), सर्वोत्कृष्ट आधुनिक गायिका एलिना चौहान (एक्लै पनि जिन्दगी), सर्वोत्कृष्ट पब्लिक च्वाईस अवार्ड जुना एस.डि. (जिन्दगानी के छ र), सर्वोत्कृष्ट नृत्य निर्देशक जुरी अवार्ड सुरेन्द्र बसेल, सर्वोत्कृष्ट बालकलाकार जुरी अवार्ड सृष्टि खड्गी र सर्वोत्कृष्ट काँठे भाका श्याम प्रसाद तिमल्सिनाले अवार्ड चुम्न सफल भएका थिए । कार्यक्रम लोकप्रिय गायिका शितल शर्माले सञ्चालन गरेकी थिइन् ।

अवार्ड कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष अभिनेता कृष्ण मल्ल, सोसाइटीका महासचिव चलचित्र निर्माता/कलाकार राजेश बिसुराल, नृत्य निर्देशक सङ्घका अध्यक्ष भुवन दास श्रेष्ठ, वरिष्ठ लोक तथा दोहोरी गायक चन्द्र शर्मा, गीतकार तथा पत्रकार सुमन पण्डित, कोरियोग्राफर अश्विनीकान्त झा, रिवन इन्टरटेन्टमेन्टका अध्यक्ष निशुकान्त झा, विशिष्ट कलाकार राकेश खडका, निर्देशक रोशन कुमार श्रेष्ठ, गायक शंकर लाल श्रेष्ठ, राष्ट्रिय सङ्गीतकर्मी सङ्घका वरिष्ठ उपाध्यक्ष अमृत खाती, निर्देशक पूजा ठकुरी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

चौथो सिल्भर म्यूजिक अवार्डमा चर्चित अभिनेता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’को संयोजकत्वमा निर्देशक दिवाकर भट्टराई, नृत्य निर्देशक केशव कोइराला, निर्देशक  उमेश गुरूङ, अभिनेता ध्रुव न्यौपाने, गायिका शान्ति कुमारी शाही, मोडल संचिता शाही निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति रहेको थियो ।