राजकुमारको शव्दरचना/सङ्गीतमा ‘बाला सुनैको’

सुप्रसिद्ध सर्जक राजकुमार ब^गरको शव्दरचना/सङ्गीतमा रहेको गीत ‘बाला सुनैको’ को भिडिओ सार्वजनिक भएको छ l राजु कार्कीको म्युजिक एरेन्ज र विनोद राईको स्वर रहेको यस गीतको रेकर्डिङ/मिक्सिङ/माष्टरिङ पनि सर्जक ब^गरले नै गरेका हुन् l भिडिओ केही दिन अघि Kumar KC युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l

मुकेश नेपालीको कोरियोग्राफीमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा सुधिर श्रेष्ठ र नारायणी खत्री लगायतका कलाकारले अभिनय गरेका छन् l जसमा रेशम दर्लामीको सिनेमाटोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ l