अजित घिमिरेको ‘पिर हरिदेऊ’ भजन सार्वजनिक

कृष्णाष्टमीको अवसर पारेर गायक तथा सङ्गीतकार अजित घिमिरेको स्वर तथा सङ्गीतमा सजिएको ‘पिर हरिदेऊ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक गरिएको छ । यो भजनको सङ्गीत संयोजन वरिष्ठ सङ्गीतकार शिला बहादुर मोक्तानले गरेका छन् । अमेरिकामा वातावरण विज्ञानमा पिएचडी गरेका सङ्गीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’, ‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरुले यसअघि नै दर्शक तथा स्रोताको मन जितिसकेका छन् ।

पिर हरिदेऊ’ भजन काठमाडौंस्थित नागार्जुन नगरपालिकाको आदेश्वर शिव मन्दिरमा छायाङ्कन गरिएको हो । भजनको भिडिओमा छायाङ्कन, सम्पादन तथा निर्देशन सुवर्णकुमार श्रेष्ठ तथा रञ्जन कार्कीले संयुक्त रुपमा गरेका छन् । भजनको  रेकर्डिङमा अमेरिका निवासी किशोर सिवाकोटीले सहयोग गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् ।