गीतकार अमर बान्तुको ‘बाटो हुँदै खुरकोट’ सार्वजनिक

गीतकार अमर वान्तुको नयाँ गीत ‘बाटो हुँदै खुरकोट’ को भिडिओ सार्वजनिक भएको छ । सारिका घिमिरे र प्रितम आचार्यको स्वर, आदेश गुरुमाछनेको सङ्गीत र विष्णु मान्नधरको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडिओ सार्वजनिक भएको हो ।

विजयराज भुजेलको निर्देशन एवम् सम्पादन रहेको यस गीतको भिडिओमा पुष्प खडका र ऋचा थापालाई फिचरिङ गरिएको छ । डान्सिङ विटको यस गीतमा आफूले मन पराएको मान्छेलाई काठमाडौंबाट पूर्वतर्फ जाने सुन्दर र रमणीय बाटो खुरकोटको बाटो भागेर जान आग्रह गरिएको छ । सन्तोष तामाङको डिओपी रहेको यस गीतको भिडिओ गीतकार वान्तुकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कवितासङ्ग्रह), ‘अमर भावना’ र ‘अमर भावना-२’ गीतिएल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उनका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उनकोको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आएका वान्तुको ‘गर्मी भयो धरान’ लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् । आफ्ना अन्य गीत जस्तै ‘बाटो हुँदै खुरकोट’ले पनि श्रोता/दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको कुरा गीतकार वान्तुले बताएका छन् ।