रुद्रसेनको अध्यक्षतामा प्रतिष्ठानको मधेश प्रदेश शाखा गठन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेशको अध्यक्षमा लोकप्रिय गायक रुद्रसेन विश्वकर्मा चयन भएका छन् । प्रतिष्ठानको केन्द्रीय नेतृत्वको उपस्थितिमा बर्दिवासमा आयोजना भएको कलाकर्मीको भेलाबाट अध्यक्षमा विश्वकर्मा सहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
भेलाले उपाध्यक्षमा सुनिता बराल, सचिवमा विनोद ढुङ्गेल, कोषाध्यक्षमा राधा गौतम र सदस्यहरुमा रुवि झा, सरोज कुमार सन्त, शर्मिला रमौली, दीपक शर्मा, तेज नारायण शर्मा, सारथि लामा, नीर कुमारी बिक, अरुणा चौधरी, राधा शर्मा र सरोज सन्तलाई चयन गरेको छ l

कार्यसमितिको चयनपछि माइनट र संस्थाको बिधान अध्यक्षलाई हस्तान्तरण गर्दै केन्द्रीय अध्यक्ष रिता थापाले बिधान अनुसार मधेस प्रतिष्ठान चलाउन आग्रह गरिन् । सो समारोमा मधेसमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा गठन गर्नुलाई ऐतिहासिक उपलब्धी भन्दै प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष थापाले कलाकर्मीको हित र भलाईका लागि केन्द्र संधै साथमा छ भन्ने विश्वास सहित अघि बढ्न सुझाव दिएकी थिईन् । मधेसमा प्रतिष्ठानको बीउ रोपिएकाले अब कलाको बिरुवा हुर्कने, फुल्ने, फक्रने र फल्ने आशा एवं विश्वास रहेको अध्यक्ष थापाले बताइन् ।

भेलामा सङ्गठन विभाग प्रमुख सुवास केसीले प्रतिष्ठानको साङ्गठनिक इतिहास र अवस्थाबारे जानकारी गराएका थिए भने उपमहासचिव शिरीष देवकोटाले प्रतिष्ठान लोक तथा दोहोरी गाउनेको मात्र नभएर सबै कलाकर्मीको संस्था भएको बताए । महोत्तरी जिल्लाबाट केन्द्रिय समितिमा नेतृत्व गरिरहेका कृष्ण प्रसाद गौतमको पहलमा आयोजना भएको सो भेलामा कृष्ण प्रसाद गौतमले कार्यक्रम सहजीकरण गरेका थिए । सो भेलामा अतिथिको रुपमा सहभागी होटल तथा पर्यटन व्यावसायी महासङ्घ मधेस प्रदेश अध्यक्ष हिरा गौतमले मधेसमा कलाकर्मीको कमी नभएको तर खोजी गर्ने र उजागर गर्ने नेतृत्वको कमी रहेको भेलाले महसुस गराएको बताए ।