रचना रिमाल र सागर जोशीको स्वरमा ‘बाडुल्की’


रचना रिमाल र सागर जोशीको स्वर रहेको गीत ‘बाडुल्की’ को भिडिओ सार्वजनिक भएको छ । भिडिओ केहीदिन अघि Reality Nepa नामक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l हिमान्सु रायमाझी ‘गोधुली’को शब्द रचना, कृष्ण पाण्डे ‘कृष’को सङ्गीत र रुबिन मगरको सङ्गीत संयोजन रहेको यस गीतमा नरेश बीबीसीको मिक्सिङ रहेको छ l

 भिडिओ उत्तम श्रेष्ठ शिशिरको निर्देशनमा छायाङ्कन भएको हो l जसमा राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईको छायाङ्कन र विनोद बमको सम्पादन रहेको छ l भिडिओमा समारिका ढकाल र विकास सुवेदीलाई फिचरिङ गरिएको छ ।