‘धुरु धुरु’ को चाईल्ड भर्जन सार्वजनिक  

-प्रकाश बराईली ‘अभिव्यक्ति’

गीतकार तथा साहित्यकार बिमला हुमागाई (बोधश्री) को सिर्जनामा रहेको केही समय अघि चर्चा कमाउन सफल गीत धुरु धुरु को चाईल्ड भर्जनको भिडिओ सार्वजनिक भएको छ । गीतमा बहुप्रतिभाशाली सर्जक डि.आर. सुजनको थेगो र सङ्गीत रहेको छ भने चर्चित बाल गायक सुप्रिम मल्लले स्वर दिएका छन् l

गीतको भिडिओमा बिमला हुमागाई (बोध श्री) को निर्देशन, सुरेश श्रेष्ठको छायाङ्कन र बिबेक सुनारको सम्पादन रहेको छ । भिडिओमा सुप्रिम मल्ल ठकुरी, बिदान मैनाली, सागर, बोधश्री आदिको अभिनय रहेको छ । भिडिओ बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।