सहारा एप चौथो ‘सगरमाथा म्युजिक अवार्ड २०७९’ राजधानीमा भब्य रुपमा सम्पन्न भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृतिको संरक्षण-प्रवर्धन हाम्रो अभियान’ भन्ने नाराको साथ आयोजना गरिएको सो अवार्ड ‘अर्थ नेपाल प्रालि’को आयोजनामा सम्पन्न भएको हो । अवार्ड समारोहमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई नगद रु.१७,६९६/- सहित ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिएको थियो । गीतकार ढकाललाई कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योति विकास बैंकका एजिएम रामहरि आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत र कार्यक्रम संयोजक मनोज थापाले सो अवार्ड अर्पण गरेका थिए । ज्योति विकास बैंकको प्रस्तुति रहेको सो कार्यक्रमलाई सहारा एपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकारको सम्मानको लागि नगरपालिकाले सहकार्य गरेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । अधिकारीले कलाकारलाई सम्मान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए ।
समारोहमा वरिष्ठ कला पत्रकार विजयरत्न तुलाधरलाई नगद रु. ८,८४८/- सहित ‘सगरमाथा कला पत्रकारिता रजत सम्मान’ प्रदान गरिएको थियो । त्यसैगरी कृष्ण भट्टराई, नेमिष गौतम र कल्पना रेग्मीलाई ‘सगरमाथा कला पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो । ‘सगरमाथा रेडियो पत्रकारिता सम्मान’ कमला पन्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ सङ्गीत प्रशिक्षक तिलकसिंह पेलालाई ‘सङ्गीत विशेष सम्मान’द्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा लोक गायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनिता गुरुङ, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारी लगायतलाई पनि सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रममा नेपाली गीत-सङ्गीत क्षेत्रका चर्चित एंव लोकप्रिय हस्तीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।
अवार्ड विजेताहरु
१, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार : घनेन्द्र ओझा – परे म मर्छु भोकैले
२, सर्वोत्कृष्ट राष्ट्रिय भाव सङ्गीतकार : रोशन बान्तवा – गौतम बुद्ध
३, सर्वोत्कृष्ट गायक चलचित्र : प्रदाप दास – हर युग होस
४, सर्वोत्कृष्ट गायिका चलचित्र : मेलिना राई – सुन्तला
५, सर्वोत्कृष्ट गीतकार चलचित्र : राजेश कुमार श्रेष्ठ – हर युग होस
६, सर्वोत्कृष्ट सङ्गीतकार चलचित्र : एलिस कार्की – हर युग होस
७, सर्वोत्कृष्ट आधुनिक गायक : युवराज चौलागाई – तिम्रो याद
८, सर्वोत्कृष्ट पप गायक : आशिष सचिन – सानो सानो कुरामा
९, सर्वोत्कृष्ट पप आधुनिक गायक (जुरी) : राज सागर – खै कसोरी विझाए
१०, सर्वोत्कृष्ट पप–आधुनिक गायिका – निशा देशार – पाउ हजुर
११, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष : वीरेन्द्र कुमार बलामी – म बाँचेको संसार
१२, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष (डायस्पोरा) : कुमार मिश्र – एउटा कथा
१३, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला : गीता अधिकारी – स्वास फेरी
१४, सर्वोत्कृष्ट पप–आधुनिक सङ्गीतकार : योगेश काजी – मलाई हेप्नी
१५, सर्वोत्कृष्ट पप–आधुनिक सङ्गीतकार (जुरी) : शेरा थामी – तिमी बस दिलैमा
१६, सर्वोत्कृष्ट नव प्रतिभा गायन : सौगातजंग थापा – हाम्रो माया जाल
१७, सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन : रिता केसी/प्रविण बेडवाल – तिमी पनि हरायौ
१८, सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला : रोशनी कार्की – विरानो देश
१९, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष : कमल सिंह – रुन्न भन्दा नि
२०, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष (जुरी) : वीरेन्द्र नौभाग्य – अर्को सारथि
२१ सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला : अस्मी थापा – चरी भरर
२२, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला (जुरी) : प्रनिमा दाहाल – तिम्रै माया
२३, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष : अंश वर्मा–ए साइँली
२४, सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडिओ निर्देशक : प्रकाश धिताल – भन्नुहुन्थ्यो बाले
२५, सर्वोत्कृष्ट लोक पप गायक : ओम सुनार – लाहुरे सिपाई दाइ
२६, सर्वोत्कृष्ट लोकपप गायिका : निता आचार्य – रंगीन संसार
२७, सर्वोत्कृष्ट लोकपप गायिका (जुरी) : अञ्जु श्रेष्ठ – नहेरे झैं गर्ने
२८, सर्वोत्कृष्ट लोकदोहोरी गायक : नमराज ढुंगाना – पिरतीमा दम छ
२९, सर्वोत्कृष्ट लोकदोहोरी गायक (जुरी) : रामहरि भण्डारी – चुरोट सलाई
३०, सर्वोत्कृष्ट लोकदोहोरी गायक (पब्लिक च्वाइस ) : जय देवकोटा – माया लाउँछ र त
३१, सर्वोत्कृष्ट लोकदोहोरी गायिका : कालिका रोक्का मगर – मुग्लिन पुल तरी
३२, सर्वोत्कृष्ट लोकदोहोरी शब्द : विपिन केसी – दाजु भाइ
३३, सर्वोत्कृष्ट लोकदोहोरी लय : सागर विरही – फूल रसैको
३४, सर्वोत्कृष्ट लोकदोहोरी नव गायक : रमेश लामिछाने – हेलम्बुको स्याउ
३५, सर्वोत्कृष्ट लोकदोहोरी नव गायिका : रिया घले – बार्दलीमा गम्छा
३६, सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष : निक्स शर्मा – सिकारी
३७, सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला : एलिना रायमाझी – मैले माया सम्झेर
३८, सर्वोत्कृष्ट लोकदोहोरी नव मोडल महिला : खुशी थापा – ए मुना
३९, सर्वोत्कृष्ट लोकदोहोरी नव मोडल महिला (जुरी) : अपेक्षा सिंह– नजर नजरको
४०, सर्वोत्कृष्ट लोकदोहोरी नव मोडल पुरुष : यज्ञराज गिरी – फुर्के जुंगा
४१, सर्वोत्कृष्ट लोकदोहोरी नव मोडल पुरुष (सन्देशमूलक-जुरी) : नरेन्द्र सिंह ठकुरी
४२, सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडिओ निर्देशक : स्मृति तिमिल्सीना – मुटु बैना
४३, सर्वोत्कृष्ट म्युजिक भिडिओ छायाकार (पप-आधुनिक) : अमृत सुनुवार – माया लाग्छ कति
४४, सर्वोत्कृष्ट म्युजिक भिडिओ छायाकार (लोकदोहोरी) : कृष्णबहादुर थापा – मीठो सारंगी
४५, सर्वोत्कृष्ट म्युजिक भिडिओ सम्पादक : अनिलकुमार महर्जन – आज किन
४६, सर्वोत्कृष्ट नव गीतकार पप-आधुनिक : विजय खड्का – न बदलिन्छ जिन्दगी
४७, सर्वोत्कृष्ट नव गीतकार पप-आधुनिक (जुरी) : सागर बास्तोला– हे धोकेवाज
४८, सर्वोत्कृष्ट नव गीतकार ( सन्देशमूलक लोकदोहोरी) : दान आचार्य – बस पियारी
४९, सर्वोत्कृष्ट एरेन्जर पप-आधुनिक : जीवन बडु – तामा पित्तल
५०, सिनियर सिनेमाटोग्राफर अवार्ड : मधुर बस्नेत