चलचित्र ‘चिट्ठी’ का लागि शिव परियारले गाए ‘टुटेको तारा’


एरा प्रोडक्सन प्रा.लि.को व्यानरमा कमला जोशी निर्माता र माधव राज खरेलको निर्देशन रहेको चलचित्र चिट्ठीको टुटेको तारा बोलको गीत सोमबार राजधानीको फाईन टिद्युन स्टुडियोमा रेकर्डिङ भएको छ । डा. कृष्णहरि बरालको शब्द, सञ्चारकर्मी एवं गायक, सङ्गीतकार सरोज कोईरालाको सङ्गीत, विश्व अधिकारीको म्युजिक एरेञ्जर रहेको सो गीत चर्चित गायक शिव परियारले गायका छन् ।

सञ्जित भण्डारी, कमेडी च्याम्पियनका सेकेण्ड रनरअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुसाल, कञ्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रज्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ भने चलचित्रको सम्पदान राजेशले गरेका छन् ।

जीवन पराजुलीको छायाङ्कन रहेको यस चलचित्रमा नरेश खरेलको मेकअप रहेको छ । काठमाण्डौ, काभ्रेपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठीको पोष्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको निर्मात्री कमला जोशीले वताईन् ।

कमेडि जनरामा बनेको यस चलचित्रमा केही सस्पेन्स र थ्रिलर पनि रहेको र यसले गर्दा कथा लेख्ने शैलीमा पनि नौलोपना झल्किएको बताइएको छ । चाँडै नै सम्पूर्ण नेपाली दर्शहरुले नौलो कथाबस्तु समेटिएको चलचित्र हलमा हेर्न पाउने निर्देशक माधव राज खरेलले जानकारी दिएका छन् ।

समिर मियाँको सम्पादन, एनिमेशन तथा कलर संयोजन रहेको छ । चलचित्र सन २०२२ भित्र नै प्रदर्शनमा ल्याउने निर्माण कम्पनीका तर्फबाट जानकारी गराईएको छ ।