‘मिस ग्ल्याम नेपाल’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना हुने

  • तुलसी गिरी ‘भावुक’

    अरोमा इन्टरटेनमेन्टले आगामी माघ ४ गते राजधानीमा ‘मिस ग्ल्याम नेपाल’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ l कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा सम्पन्न गरिने निश्चित भएको कुरा आयोजक संस्थाका अध्यक्ष अशोक कुमार तामाङले जानकारी गराएका छन् l अध्यक्ष अशोकका अनुसार गत मङ्सिर २८ गते ‘प्ले ब्वाई लाउन्ज’ मा सम्पन्न अडिशनबाट सहभागीहरुको छनोट गरिएको थियो भने नायिका डा. सूर्य थापा, नायक कविर खड्का र अशोक स्वयम्ले निर्णायकको भूमिका निर्वाह गरेका थिए l प्राप्त जानकारी अनुसार हाल प्रतिस्पर्धी सुन्दरीहरुलाई अनुभवी एवं ख्यातिप्राप्त ट्रेनर केशव थापाले व्यक्तित्व विकाशसँग सम्बन्धित विविध विषय लगायत, मास कम्युनिकेशन, आत्मविश्वाशको विकाश आदि बिषयमा तालिम दिईरहेका छन् l
  • प्राप्त जानकारी अनुसार ‘मिस ग्ल्याम नेपाल’ को टाइटल उपाधि जित्ने अर्थात प्रथम हुने सुन्दरीले पुरस्कार स्वरूप नगद रू. १ लाख सहित ट्रफि र क्राउन प्राप्त गर्नेछिन् भने फर्ष्ट रनरअप, सेकेण्ड रनरअप, थर्ड रनरअप र फोर्थ रनरअपहरुले क्रमश: क्राउन र ट्रफिको साथमा नगद रू. ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् l यसैगरी प्रतियोगीले वेष्ट हेयर, वेष्ट डिसिप्लिन, वेष्ट ट्यालेन्ट लगायतका अन्य ८ टाइटलमा समेत पुरस्कार प्राप्त गर्ने छन् l फाइनल प्रतिस्पर्धामा २५ सुन्दरीहरुको सहभागिता रहने कुरा समेत आयोजक संस्थाका अध्यक्ष अशोकले बताएका छन् l
  • अरोमा इन्टरटेनमेन्टले यसअघि गीत एवं म्युजिक भिडियो निर्माण तथा उत्पादन, सङ्गीतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै अवार्ड कार्यक्रममा सहआयोजकको भूमिका निर्वाह गरिसकेको छ भने २०७६ सालमै कतारमा ‘स्टार इन्टरनेशनल म्युजिक अवार्ड’ को समेत आयोजना गरेको थियो l अरोमाको आयोजनामा सौन्दर्य प्रतियोगिता भने यो पहिलो भएको कुरा अशोक कुमार तामाङले जानकारी गराएका छन् l  
SUBSCRIBE 👉
SUBSCRIBE 👉