चलचित्र ‘गोपी’ को ट्रेलर सार्वजनिक, माघ १८ बाट प्रदर्शनमा आउने

चलचित्र गोपीको ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । यसअघि फिल्मको एउटा गीत र पोष्टर सार्वजनिक भइसकेको छ । फिल्ममा विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिका छन् भने बाल कलाकार स्वर्णीम पौडेलले यही फिल्म मार्फत डेब्यु गरेका छन् । ट्रेलरमा मौलिक र पेचिला संवादलाई समेटिएको छ । देशमै केही गर्छु भन्ने अभिलाषा बोकेका गाईपालक विपिनलाई घर परिवार र समाजबाट गरिएको अपेक्षा र गाई पाल्ने क्रममा आइपर्ने विभिन्न बाधा ब्यवधानको वरिपरि फिल्मको कथा घुमेको आङ्कलन फिल्मको ट्रेलर हेरेर गर्न सकिन्छ ।

विपिन, सुरक्षा र बर्षाका साथमा फिल्ममा अङ्कित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँबाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशव राई, कमलमणि नेपाल, अपूर्व गौतम, गणेश मुनाल, रामबाबु गौतम लगायतको अभिनय रहेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो फिल्म दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमिल्सिनाको रहेको छ । आरोही केसीको निर्माण रहेको यस फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । फिल्ममा शैलेन्द्र डि कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले सङ्गीत भरेका छन् भने शिव परियार, धुर्व विस्को, एन्जिला रेग्मी लगायतको स्वर सुन्न सकिन्छ । फिल्म माघ १८ बाट प्रदर्शनमा आउँदै भएको छ ।