चलचित्र ‘समर लभ’को पहिलोगीत सार्वजनिक

चलचित्र ‘समर लभ’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘साया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको हो ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर, पुष्पनकै शब्द तथा सङ्गीत रहेको छ । यो चलचित्र प्रेमदिवसको अवसर पारेर माघ २५ गतेबाट रिलिज हुँदै छ ।

मुस्कान ढकालको निर्देशनमा तयार भएको यस चलचित्रमा सुरज सिंह ठकुरी र नम्रता सापकोटाको मुख्य भूमिका रहेको  छ । सुविनको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन् भने संवादमा सामिप्य र सुविन दुबैले   काम गरेका छन् । नाइटिङ्गेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ भने यसका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।