भनिन्छ, डिजिटल प्रविधिको सबैभन्दा सुन्दर पक्ष नै पारदर्शिता हो । यसभित्रका असीमित विकल्प र उपयोगिताहरुलाई पनि बरदानकै रुपमा हेर्न सकिन्छ । नेपाली स्टुडियोहरु लाइभ रेकर्डबाट डिजिटलको सुविधायुक्त अनलिमिटेड ट्रयाकमा प्रवेश गरेको पनि खासै धेरै भएको छैन । व्यावसायिक रुपमा भने सीआरबीटीले नै सर्वप्रथम डिजिटल युगको आरम्भ गरेको मान्न सकिन्छ ।
डिजिटलका सहज, सुन्दर र अकल्पनीय उपयोगितासँगै यसभित्र खतरनाक, कुरुप, विनाशकारी र घातक पक्षहरु पनि त्यत्तिकै छन् भन्ने कुरा विगतमा पर्याप्त अनुभ भइसकेका छन् । यो थोरैका लागि वरदान भएपनि धेरैका लागि अभिशाप बनेका उदाहरणहरु हाम्रासामु प्रशस्तै छन् । सीआरबीटी र त्यसपछि आएको पीआरबीटीले घट्दो क्यासेट र सीडीको व्यापारबाट आहत भएकाहरुलाई राहत दिएकै मान्नु पर्दछ । तथापि प्रविधिको चरम दुरुपयोग गर्दै सीआरबीटीबाट सीमित व्यक्तिले अनैतिक रुपमा अकूत कमाए । कसरी दुरुपयोग भयो र कस कसले कमाएतिर अहिले नलागौं । यो विषयमा यसअघि पनि पटक पटक चर्चा भइसकेको छ । त्यसपछि प्रविधिको दुरुपयोग पीआरबीटीमा सुरु भयो । ‘अनलिमिटेड पर्चेज’ जस्ता अस्वस्थ र आत्मघाती शैली यसरी भित्रियो कि धेरैका लागि यो ‘नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छाबाउको अनुहार’ भयो । जसबाट थोरैले कमाएका छन् भने धेरैले गुमाएका छन् ।
नेपाल टेलिकमले विगतमा सीआरबीटी सेवा सञ्चालन गरिरहँदा विभिन्न बहानामा पटक पटक सर्भर बन्द ग¥यो । जसबाट डाउनलोडका तथ्याङ्कहरु लुप्त भइरहे । सर्भर भित्रैबाट मिलेमतोमा या बदनियमवश तथ्याङ्क लुकाउन सकिने कुरा पनि बाहिर नआएका होइनन् । यता एनसेलले सुरुदेखि नै आरबीटी डाउनलोडको तथ्याङ्क सर्वसाधारण र सम्बन्धित अधिकारधनीको पहुँचबाट टाढा राखेको छ । जसलाई डिजिटलका भयानक एवं घातक पक्षको रुपमा व्याख्या किन नगर्ने रु नेपाली गीत–सङ्गीत कैयौं विदेशी मोबाइल कम्पनीमा पुगेका छन् । कहाँकहाँ पुगेका छन् रु व्यापारको प्रकृति र अवस्था कस्तो छ रु कुनैपनि व्यवसायी र स्रष्टा÷कलाकारलाई थाहा छैन । यी प्रसङ्गहरु साना उदाहरण मात्र हुन् । खै त डिजिटलको सबै भन्दा सुन्दर पक्ष ?
लामो समयदेखि चर्चामा रहेको ‘म्युजिक एटिएम’ मेशिनको केहीदिन अघि औपचारिक रुपमा उद्घाटन भएको छ । म्युजिक नेपालले ल्याएको यस मेशिनले वर्षौदेखि बजारमा निर्वाध भइरहेको अनधिकृत खुद्रा व्यापारलाई अधिकृत बनाउने अपेक्षा गरिएको छ । पहिले विकल्प बिनाको बन्देज थियो र त्यो सफल पनि थिएन । यस डिजिटल मेशिनको प्रवेशलाई नेपाली सङ्गीत इतिहासमा एउटा अर्को डिजिटल युगको आरम्भ मान्न सकिन्छ । यसको प्रयोग सफल भयो र भोलिका दिनमा नेपालभर हजारौं संख्यामा यस्ता मेशिन सञ्चालनमा आएभने बहुउपयोगी विशेषता भएको यो मेशिन वास्तबमै बरदान सावित हुन सक्छ । तथापि गुगलमा ‘नारायणगोपाल सङ्स्’ भनेर सर्च ग¥यो भने अहिले पनि सबै गीत सर्रर आउँछन् । यो स्थिति रहेसम्म मेशिनले आशातित प्रतिफल दिन सक्ला र ?