भीमसेनको औपचारिक घोषणा

युवी फिल्म्सको तेस्रो प्रस्तुतिको रुपमा चलचित्र ‘भीमसेन’ को निर्माण हुनेभएको छ l गत फागुन २९ गते निर्माण पक्षले पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराएको हो l कमेडी, एक्शन र लभस्टोरीमा आधारित रहने यस चलचित्रमा कला राईको लगानी, भोमन कटुवालको निर्देशन, राजन ढुंगेलको संवाद, भोमन कटुवालको कथा र पवन गौतमको छायांकन रहने कुरा थाहा भएको छ l काठमाण्डौ आसपासका क्षेत्रमा छायांकन हुने यस चलचित्रमा अनुपविक्रम शाही, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, राजन महर्जन लागायतका कलाकारको प्रमुख भूमिका रहने जानकारी प्राप्त भएको छ l