चलचित्र विकास बोर्डद्वारा क्यानसरपीडित कलाकार थापालाई आर्थिक सहयोग

चलचित्र विकास बोर्डले क्यानसरपीडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ बर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै गरेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको संयोजक कलाकार बसुन्धरा भुसाल हुनुहुन्छ ।

२०३९ सालदेखि कलाकारीतामा प्रवेश गरेका  थापाले ६ एकान ६, दुश्मन, ईकु,कंगाल, सम्पति लगायतका ठुलो पर्दाका चलचित्रहरुमा तथा अविरल बग्दछ ईन्द्रावति, रहरै भो, श्रीमान श्रीमति, तितोसत्य, चक्कर, भुईचालो , सञ्चय आदिमा समेत अभिनय गरेका छन् । आर्थिक अवस्था कमजोर भई उपचार गर्न कठिनाई भएको देखिएपछि आर्थिक सहयोग प्रदान गरिएको हो ।