–डा. डीआर उपाध्याय
केहीदिन अघिको कुरा हो । म एउटा बिकट जिल्लाको पहाडी भेगमा घुम्न निस्किएको थिएँ । बाटाहरु उकाली र ओराली मात्र थिए । म जुन ठाउँमा जानु थियो त्यो ठाउँमा यातायातको सुविधा थिएन । यातायातको सुविधा नभएपछि पैदल हिंड्नै पर्ने बाध्यता आयो । उकालो र ओरालो गर्ने मेरो रहर पनि थियो । तर त्यो रहर धेरै भारी पर्यो । तप तप पसिना चुहाउँदै उकालो निस्कनु पर्ने रहेछ, घरि घरि ओरालो पनि झर्नु पर्ने रहेछ । जे होस् पहाडी भेगको यात्रा कठिन हुँदो रहेछ । मलाई जान्नु र बुझनु थियो कि पहाडको जनजीवन कस्तो हुन्छ ? मलाई त्यो कठिन यात्राले धेरै सिकाएको छ ।
त्यसैबेला म एउटा चौपारीमा बसेर सितल र मिठो हावा खाइरहेको थिएँ । बसिरहेको ठाउँमै चारैतिरबाट चिसो हावा आउँदो रहेछ । मलाई आनन्द आयो । त्यहीबेला चौपारीदेखि तल एउटा गोरेटो बाटामा भारी बोक्दै एकजना अधवैसे युवा उकालो चढिरहेका थिए । ती युवाले तप तप पसिना बगाउँदै थिए । उनले लगभग ५० किलोको धानको बोरो बोकिरहेका थिए । म बसिरहेकै चौपारीमा आएर थ्याच्च भारी बिसाए । मैले उनलाई पुर्लुक्क हेरें । उनको शरिर सवै पसिनाले भिजेको थियो । म अचम्ममा परें । आखिर परिश्रमको फल भनेको यस्तै रहेछ कि क्या हो । मान्छेको जिन्दगी भनेको नै उकाली र ओराली रहेछ । कहिले दु:ख र कहिले सुख । जिन्दगी यो हो । शहरमा बस्नेलाई के थाहा ? पहाडको दु:ख र सुख । यो हरेक मान्छेमा पर्ने कुरा हो । मैले ती भारी बोक्ने भरियावाट केही कुरा सिक्ने मौका पाएको छु । यो यात्राबाट गीत लेख्ने सोच बनाएको छु । ढिलो चाँडो गीत आउन सक्छ । यो एउटा अनुभव हो । जिन्दगी भनेको अनुभव र भोगाईको यात्रा हो ।
जिन्दगीमा थाक्नु हुँदैन । जो जिन्दगीवाट थाक्छ त्यसको जिन्दगीको भविश्य त्यहीवाट सकिन्छ । अरु भन्दा पहाडी जनजीवन अलि कठिन हुन्छ । सवै पहाडमा होइन, केहि पहाडमा अझै कठिन छ । यातायातको सुविधा नभएका ठाउँको कुरा गरिरहेको छु । अरु ठाउँको होइन । आखिर पहाडमा सवैको जिन्दगी यस्तै गरी चलिरहेको छ । सवै ठाउँमा गाडीको सुविधा पुगेको छैन । गाडीको सुविधा नपुगेको ठाउँमा हिडनै पर्ने हुन्छ । आफनो गन्तव्य पुग्न पनि पैदल यात्रा गर्नु पर्ने मेरो बाध्यता थियो । म चार घण्टा लामो पैदल यात्रा गरेर गन्तव्य पुगेको छु । म अलि हिडन र सके सम्म सवै ठाउँ घुम्न रुचि भएको मान्छे हुँ । मलाई एक ठाउँ बसिरहन दिग्दार लाग्छ । मलाई एकान्तमा बसेर संगित सुनिरहन मन पर्छ । आफै गित लेख्छु मलाई गित लेख्न शान्त ठाउँ मन पर्छ । त्यसको साथै साहित्य , संगित र लेख रचना मेरो रुचिको बिषय हो ।
म गरिव निमुखा जनताको पक्षमा लेख्न बढि रुचाउँछु । मलाई कसैको चाकडी र चापलुसि गरेर लेख्ने मन लाग्दैन । म आफै मनमनै भन्छु म एउटा बिद्रोही लेखक हु । मलाई गरिवको आँशु देख्न मन लाग्दैन । बरु सकेको सहयोग गर्न मन लाग्छ । खै के हो मेरो जीन्दगी ? छिन छिनमा हाँसो आउँछ छिनछिनमा आँशु । यो मेरो जीन्दगीमा मात्र होइन , सवैको जीन्दगीमा आउने कुरा हो । मानव जाती भनेको अरु जाती भन्दा चेतनशील र सचेत जाती हो । मान्छे भएर जन्मनुमा हामी गर्भ गर्नु पर्छ । यो छोटो जीन्दगीमा धेरै प्रगति गर्नु छ । तर सोचे जति प्रगति कसैले पनि गर्न सक्दो रहेन्छ । हामी खाली आएको हो खाली जाने हो । लोभ लालच गरेर केहि हुदैन । कसैले पनि लोभ लालच गर्ने बानी छोडौ । यो जीन्दगी यस्तै हो । दीन दुखिको सेवा गर्ने काममा सवै जुटौं । अहंकार कसैले नगरौं । धनी र गरिव बीचको खाडल पुर्नु पर्छ भन्ने मेरो धेरै पहिले देखिको सोच हो । तर अझै पनि गरिव र धनी बिचको खाडल पुरिन सकेको छैन । यो नै मेरो चिन्ताको बिषय हो । अव गरिव र धनी बीचको खाडल पुरिनु पर्छ । अनि मात्र देशमा दिगो शान्ति स्थापना हुने छ ।