–डा. डीआर उपाध्याय
अहिले मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ । कारण कोरोना महामारी नै हो । देशको आर्थिक विकास हुन सकेको छैन । देशको बिकास र समृद्धि सरकारको मुख्य लक्ष्य हो । तर यति बेला कोरोना भाइरसका कारण सवै क्षेत्र अस्त ब्यस्त छन । सवै तिर रोजगारीका अवसर गुमेका छन् । सर्वसाधरण नागरिको बिहान बेलुका हात मुख जोर्ने समस्या छ । कोरोना महामारीका कारण रोजगारी र पेसा व्यवसाय गुमाएका सर्वसाधारण नागरिकले दैनिक जीवन निर्वाह गर्न सकिरहेका छैनन् अवस्था यस्तो जटिल बन्दै गएको छ । सरकार विपत्को समयमा सर्वसाधारण जनताको दुःखमा सामेल हुने प्रयास समेत गरेन । दुःख लाग्दो कुरा यो हो । जनताको समस्यामा साथ दिन नसक्ने सरकारबाट अरु के सुधार हुन्छ भनेर हामीले बिश्वास गर्ने ?
कोरोना महामारी अझै कति समय चल्ने हो यसै भन्न सकिने अवस्था छैन । सर्वसाधरण जनता संग बचत पैसा छैन, तत्काल रोजगारीको अवसरसमेत छैन, तिनीहरुले जीवन कसरी गुजारा गर्ने हुन् भन्ने चिन्ता छ । समस्यामा परेका नागरिकका लागि न्यूनतम खाद्य सुरक्षाको व्यवस्था, औषधि उपचारको व्यवस्था र शिक्षाको व्यवस्था गर्ने राज्यको कर्तव्य र दायित्व दुवै हो । तर सरकार कर्तव्य र दायित्व दुवैबाट भागेको छ । जनताको करबाट पालिएको सरकार यसरी पन्छिन मिल्दैन । सरकार यो बिषयमा गम्भिर बन्नु पर्ने आबश्यकता छ । नागरिक आधारभूत अधिकारबाट वञ्चित हुँदै गएका छन् । मन्त्री, तिनका सल्लाहकार, सांसद, उच्चपदस्थ लगायतका कर्मचारी बाहेक अरु धेरैको समस्या छ । जनताको यो दुःख–कष्टप्रति सवै संवेदनशील बनौं । राजनीतिक आदर्शले मात्र खान पुग्दैन । उपचार खर्चको अभावमा धेरै सर्वसाधारण मानिसले जीवन गुमाउनु परेको छ । आम्दानी नभएका कारण डेरा भाडा तिर्न नसकेर केही मानिस डेराबाट सडकमा निस्कनु परेको अवस्था छ । खै हामी संवेदनशील बनेको ? नेतृत्वप्रतिको विश्वास र भरोसा स्थापित हुन सकेन । जनताको समस्यामा साथ दिन सक्ने सरकारको खाँचो छ ।