आविष्कारक तथा समाजसेवी महावीर पुनद्वारा लेखिएको आत्मकथाको पुस्तक ‘महावीर पुन’ अब म्युजिक नेपालको मोमो एपमा अडियो स्वरूपमा सुन्न सकिने भएको छ। अडिओमा महावीर पुनकै आवाज रहेको छ। जति पाठकले किताब पढ्न पाएका छैनन् उनीहरुले अब घरमै बसेर अडिओमा सुन्न सक्नेछन् । पाठकहरूले मोबाइलमार्फत पुस्तकलाई सजिलै सुन्न सक्ने छन्।
यो पुस्तक ज्ञान, सिर्जना र प्रेरणा प्रसार गर्ने उद्देश्यले अडिओ स्वरूपमा ल्याइएको बताइएको छ। यस अडिओ बुकबाट सङ्कलित सम्पूर्ण रकम सोझै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा जाने कुरा थाहा भएको छ । गुगल प्ले स्टोरबाट मोमो एप डाउनलोड गर्न सकिन्छ।
