गीतकार सुधाले ल्याईन् ‘छड्के तिलहरी’

लोकप्रिय गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘छड्के तिलहरी’ सनराइज म्युजिक  युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतको शब्द सुधा मरहट्टाले लेखेका हुन् भने सङ्गीत तथा म्युजिक एरेञ्ज किरण कंडेलको रहेको छ। गीतको निर्माणमा अनुराग परिहारको विशेष योगदान रहेको छ।

भिडिओमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलराम परियार, दिनेश  मुस्कान र विमला श्रेष्ठको अभिनय देख्न सकिन्छ। दिनेश मुस्कानको निर्देशनमा तयार भएको यस भिडिओको छायाङ्कन प्रकाश खड्काले गरेका हुन्। सम्पादन र कलर मिलन विश्वकर्माले गरेका छन्।

गीतले परम्परागत नेपाली आभूषण ‘छड्के तिलहरी’लाई सांस्कृतिक र भावनात्मक कथामा बाँधेर प्रस्तुत गरेको छ। लोकधुन र आधुनिक शैलीको संयोजन भएको यस गीतमा प्रेम, गाउँघरको जीवनशैली र संस्कृतिको मिठास दर्शाइएको छ। ‘छड्के तिलहरी’ ले सार्वजनिक भएको केही घण्टामै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।